एशेज : बलरहरु चम्किंदा अस्ट्रेलिया बलियो

अस्ट्रेलियामा जारि एशेज सिरिज अन्तर्गत तेश्रो दिन समाप्तिमा अस्ट्रेलिया बलियो अवस्थामा पुगेको छ।

टेस्टको दोश्रो इनिंग्समा इंग्ल्यान्डले २३६ रन मात्र बनाउन सकेपछि पहिलो इनिंग्समा अस्ट्रेलियाले २३७ रनको विशाल अग्रता हाँसिल गर्यो। तेश्रो दिनको समाप्तिमा अस्ट्रेलियाले दोश्रो इनिंग्समा ब्याटिंग सुरु गरिसकेको छ र १७ ओभरमा १ विकेट क्षेतीमा ४५ रन बनाएको छ र अग्रता २८२ रन पुर्याएको छ। डेभिड वार्नर १३ रन बनाएर रन आउट बनेपछि क्रिजमा मार्कस ह्यारिस २१ अठा मिचेल नेसेर २ रनमा अविजित छन्। वार्नर र ह्यारिसले ४१ रनको साझेदारी गरे।

यस अघि इंग्ल्यान्डले पहिलो इनिंग्समा ८४.१ ओभरमा २३६ रनमा सबै विकेट गुमाउन पुग्यो। एक समय १५० रनमा इंग्ल्यान्डले मात्र २ विकेट गुमाएको थियो। तर ६२ रन बनाएका कप्तान जो रुटलाई क्यामरन ग्रिनले क्याच आउट पार्दै डेविड मलानसंगको १३८ रनको साझेदारी तोडे। केहि बेरमै मलान पनि ८० रन बनाएर मिचेल स्टार्कबाट क्याच आउट भए। त्यसपछि बेन स्टोक्सले ३४ तथा क्रिस वोक्सले २४ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यान क्रिजमा जम्न सकेनन्।

अस्ट्रेलियाको बलिंगमा मिचेल स्टार्कले ४ विकेट ( १६.१-६-३७-४ ), नाथन लायनले ३ विकेट ( २८-११-५८-३ ) लिए। यस्तै क्यामरन ग्रिनले २ तथा मिचेल नासेरले १ विकेट लिए।

अस्ट्रेलियाले पहिलो इनिंग्समा ४७३/९ को योगफलमा इनिंग्स समाप्तिको घोषणा गरेको थियो। उसको लागि मार्नस लाबूसेनले सर्वाधिक १०३, डेभिड वार्नरले ९५ तथा स्टिभ स्मिथले ९३ रन बनाएका थिए।

सिरिज अन्तर्गत पहिलो टेस्ट अस्ट्रेलियाले ९ विकेटले जितेको थियो।

२०७८ पुष ३, शनिबार मा प्रकाशित