भारतीय टेस्ट टिमको उपकप्तानी राहुललाई

दक्षिण अफ्रीका भ्रमण अन्तर्गत डिसेम्बर २६ तारिख देखि सुरु हुने तिन टेस्टको सिरिजको लागि भारतीय क्रिकेट बोर्ड ( बिसीसीआई ) ले ओपनिंग ब्याट्सम्यान केएल राहुललाई उपकप्तान चयन गरेको छ।

यस अघि रोहित शर्मालाई उपकप्तान घोषणा गरिएता पनि उनले ह्याम्सट्रिगं इन्जुरीका कारण सिरिज गुमाउने भएपछि राहुललाई कोहलीको डेपुटि बनाइएको हो।

२९ वर्षीय राहुलले भारतको लागि ४० टेस्ट खेलेका छन् जसमा ३५.१६ को औशतले ६ शतक प्रहार गर्दै २,३२१ रन बनाएका छन्। यस्तै भारतले राहुललाई दीर्घकालीन बिकल्पको रुपमा पनि हेरीरहेको छ।

यस अघि रोहित शर्माले अजिंके रहानेको स्थानमा उपकप्तनी पाएका थिए। रोहित नेट अभ्यासको क्रममा देब्रे ह्याम्सट्रिगं इन्जुरी पछि सिरिजबाटै बाहिर भएका थिए। उनि कम्तिमा तिन साता मैदान फर्कन नसक्ने बताईएको छ।

रहानेको स्थान भारतीय टेस्ट टिममा पक्का नहुँदा छनोटकर्ताहरुसंग उनि पछि उपयक्त बिकल्प केएल राहुल थिए। विकेटकिपर ब्याट्सम्यान रिशभ पन्तलाई अहिलेनै उपकप्तनी दिने सोचमा छनोटकर्ता छैनन्।

तिन वटै फर्म्याटमा राम्रो ब्याटिंग गर्ने क्षमता भएका राहुललाई कोहली पछि टेस्ट कप्तानको रुपमा पनि हेरिएको छ जसले लामो समय कप्तानी सम्हाल्न सक्नेछन्। राहुललाई रोहित पछि एकदिवसीय टिमको कप्तानको रुपमा पनि हेरिएको छ। आईपीएलमा राहुलले नयाँ फ़्रेन्चाइज् लखनऊको कप्तानी सम्हाल्ने चर्चा छ।

२०७८ पुष ३, शनिबार मा प्रकाशित