PM Cup Women’s : एपीएफको विजयी सुरुवात

प्रदेश नम्बर-२ लाई ४८ रनले पराजित गर्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) ले महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

धनगढीको फाप्ला मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा एपीएफले दिएको ९९ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-२ ले निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा ५० रन मात्र बनाउन सक्यो।

प्रदेश-२ को लागि मेलिना रायमाझीले २० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। एपीएफ बलर सुष्मा श्रेष्ठले २ विकेट तथा सोनु खड्का, रेखा रावल, करुणा भण्डारी र सिता राना मगरले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको एपीएफले निर्धारित १५ ओभरमा ८ विकेट क्षेतीमा ९८ रन मात्र बनाउन सक्यो। एपीएफको लागि ज्योति पाण्डेले सर्वाधिक २४, इन्दु बर्माले २१, रोमा थापाले १४ तथा ममता चौधरीले ११ रन योगदान दिए। प्रदेश-२ को बलिंगमा बिमला मगरले ३ तथा सन्तोषी चौधरी , रोजी कडारी र अनुराधा चौधरीले समान एक विकेट लिए।

समुह ‘बि’ अन्तर्गतनै आज दोश्रो खेलमा गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश बीच प्रतिस्पर्धा हुनेछ। समुह ‘ए’ बाट प्रदेश नम्बर-१ र लुम्बिनी प्रदेश सेमीफाइनल प्रवेश गरिसकेका छन्।

२०७८ पुष ५, सोमबार मा प्रकाशित