BBL : मेलबर्न बिरुद्ध विकेटविहिन सन्दिपको मध्यम प्रदर्शन

बिग ब्यास लिग अन्तर्गत होबार्ट हरिकेन्सको प्रतिनिधित्व गरिरहेका नेपाली लेग स्पिनर सन्दिप लामिछाने पाँचौ खेलमा विकेटविहिन भएका छन्।

मेलबर्न स्टार्स बिरुद्ध सन्दिपले ४ ओभर बलिंग गर्ने क्रममा ३२ रन खर्चिएका हुन्। सन्दिपले स्पेलको ४ ओभर मध्ये एउटा ओभर महँगो गरेता पनि अन्य ओभरमा राम्रो बलिंग गरे। स्पेलको पहिलो ओभरमा ४ रन र दोश्रो ओभरमा ७ रन खर्चेका उनले तेश्रो ओभरमा १९ रन तथा चौंथो ओभरमा मात्र ४ रन खर्चिए।

सन्दिपको पहिलो ओभर :
पावरप्लेको पाँचौ ओभरमा पहिलो ओभर बलिंग गर्न आएका सन्दिपले मात्र ३ रन खर्चिए। मार्कस स्टोइनिस र जोए क्लार्कले सन्दिपलाई खुलेर खेल्न सकेनन्। ओभर समरी ( १ ० ० १ ० १ )

सन्दिपको दोश्रो ओभर : सातौँ ओभरमा दोश्रो ओभर गरेका सन्दिपले ७ रन खर्चे। ग्लेन म्याकवेल र जोए क्लार्कले ओभरमा बाउन्ड्री पार गर्न सकेनन्। ( १ १ १ २ लेगबाई१ १ )

सन्दिपको तेश्रो ओभर :दशौँ ओभरमा बलिंग गरेका सन्दिप महँगो सावित भए। ओभरको पहिलो बलमा जोए क्लार्कले छक्का प्रहार गरे भने चौंथो बलमा चौका र पाँचौ बलमा छक्का प्रहार गरे। ओभरमा सन्दिपले १९ रन खर्चिए। ओभर समरी ( ६ ,१ १ ४ ६ १ )

सन्दिपको चौंथो ओभर : पन्ध्रौँ ओभरमा अन्तिम ओभर गरेका सन्दिपले राम्रो बलिंग गरे। ओभरमा आन्द्रे रसेल र हिल्ट कार्टराइटलाई उनले खुलेर रन बनाउन दिएनन्। आन्द्रे रसेलले सन्दिपको ४ बल खेल्दा पहिलो बलमा १ रन र तेश्रो बलमा २ रन बनाउदै दुई बलमा रन बनाउन सकेनन्। ओभर समरी ( १ ० १ ० २ ० )

लिग अन्तर्गत सन्दिपले यस अघि सिड्नी सिक्सर्स बिरुद्ध पहिलो खेलमा एक विकेट ( ४-०-२४-१ ) लिएका थिए भने दोश्रो खेलमा सिड्नी बिरुद्ध विकेटविहिन रहेता पनि किफायती बलिंग ( ४-०-२४-० ) गरेका थिए। यस्तै तेश्रो खेलमा पर्थ स्करचर्स बिरुद्ध उनले १ विकेट ( ४-०-३१-१ ) र अविजित १३ रन तथा चौंथो खेलमा पर्थ बिरुद्ध विकेट विहिन ( ४-०-३९-० ) रहँदै अविजित ८ रन बनाएका थिए।

२०७८ पुष ९, शुक्रबार मा प्रकाशित