भारतीय अफ स्पिनर हरभजन सिंहले सबै फर्म्याटको क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।
४१ वर्षीय सिंहले भारतको लागि १०३ टेस्टमा ४१७ विकेट, २३६ एकदिवसीय अन्तर्राष्ट्रियमा २३६ विकेट तथा २८ टि-२० अन्तर्राष्ट्रियमा २५ विकेट लिएका थिए। सन् १९९८ मा अस्ट्रेलिया बिरुद्ध टेस्ट डेब्यु गरेका हरभजनले सोहि वर्ष न्युजिल्यान्ड बिरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।
All good things come to an end and today as I bid adieu to the game that has given me everything in life, I would like to thank everyone who made this 23-year-long journey beautiful and memorable.
My heartfelt thank you 🙏 Grateful .https://t.co/iD6WHU46MU— Harbhajan Turbanator (@harbhajan_singh) December 24, 2021
हरभजन सन् २०११ मा भारतले एकदिवसीय विश्वकप जित्दा तथा भारत २००३ को एकदिवसीय विश्वकपको फाइनल पुग्दा टिमको सदस्य थिए। यस्तै २००७ टि-२० विश्वकप जित्दा समेत उनि टिमको महत्वपूर्ण सदस्य थिए।
आईपीएलमा १६३ खेल खेलेका सिंहले १५० विकेट लिए। सन् २०१३ को सिजनमा मुम्बईको प्रतिनिधित्व गरेका उनले १९ को औशतले २४ विकेट लिएका थिए।
अन्तिम पटक हरभजनले भारतको लागि सन् २०१६ मा युएई बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय खेलेका थिए। त्यसपछि भारतीय टिममा स्थान बनाउन असफल उनि आईपीएल भने खेल्दै आएका थिए।