युएईमा जारि अन्डर-१९ एसिया कप प्रतियोगिता अन्तर्गत दोश्रो दिन शनिवार सम्पन्न तिन वटा खेलहरुमा पाकिस्तान, बंगलादेश र अफगानिस्तान विजयी भएका छन्। पाकिस्तानले चिर प्रतिद्वन्द्वी भारतलाई, अफगानिस्तानले युएईलाई तथा बंगलादेशले कुवेतलाई पराजित गर्यो।
आईसीसी एकेडेमी मैदानमा सम्पन्न खेलमा पाकिस्तानले भारतलाई सनसनीपूर्ण खेलमा २ विकेटले पराजित गर्यो। भारतले दिएको २३८ रनको लक्ष्य पाकिस्तानले अन्तिम बलमा ८ विकेट गुमाएर भेटायो।
लक्ष्य पछ्याउने क्रममा पाकिस्तानलाई अन्तिम ३ ओभरमा २५ रन आवस्यक थियो र साथमा ४ विकेट बाँकी थियो। ४८ औं ओभरमा राजनगद बवाले ३३ रन बनाएका इरफान खानको विकेट लिंदै ओभरमा ७ रन खर्चिए। ४९ औं ओभरमा एहमद खानले एउटा चौका र छक्का प्रहार गरे जुन ओभरमा १० रन आयो । अन्तिम ओभरमा जित्न ७ रन आवस्यक रह्यो र साथमा ३ विकेट थियो।
अन्तिम ओभरको पहिलो बलमा रभी कुमारले पहिलो बलमा जिशान जमिरको विकेट लिए। तर त्यसपछि भने पाकिस्तानले विकेट गुमाएन। अन्तिम ३ बलमा जित्न ६ रन आवस्यक हुँदा एहमद खानले लगातार दुई बलमा २/२ रन लिए। अन्तिम बलमा जित्न २ रन आवस्यक हुँदा उनले चौका प्रहार गर्दै पाकिस्तानलाई शनशनिपूर्ण जित दिलाए।
पाकिस्तानको लागि मुहम्मद शेहजादले सर्वाधिक ८२ रन, इरफान खानले ३३ रन बनाए भने माज सदाकत, रिजवान मेहमुद र एहमद खानले समान २९ रन बनाए। भारतको बलिंगमा राज बवाले सर्वाधिक ४ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको भारतले ४९ ओभरमा सबै विकेट गुमाएर २३७ रन बनाएको थियो। भारतको लागि आराध्य यादवले ५०, हरनुर सिंहले ४६, राजभर्धन हांगरकरले ३३ तथा कौशल ताम्बेले ३२ रन बनाए। भारतले ४१ रनमा पहिलो ४ विकेट गुमाएको थियो। सातौँ नम्बरमा आराध्य यादवले एक किनार सम्हाल्दै तल्लो क्रमका ब्याटरसंग महत्वपूर्ण साझेदारी गरेका थिए।
पाकिस्तानको बलिंगमा जिशान जमिरले ५ विकेट ( १०-०-६०-५ ) लिए। अवेस अलिले २ तथा कासिम आक्रम र माज सदाकतले समान एक विकेट लिए।
बंगलादेशको जित : दिनको दोश्रो खेलमा बंगलादेशले कुवेतलाई २२७ रनले पराजित गर्यो जुन क्रममा बंगलादेशले दिएको २९२ रनको लक्ष्य पछ्याएको कुवेतले २५.३ ओभरमा ६४ रन मात्र बनाउन सक्यो। बंगलादेशको लागि ब्याटिंगमा महफिजुल इश्लामले ११२ रन बनाए भने बलिंगमा रिपोन मोन्डोलले ३ तथा एसएम मेहरोब र रकिबुल हसनले समान दुई विकेट लिए।
अफगानिस्तानको जित : आजको पहिलो खेलमा अफगानिस्तानले आयोजक युएईलाई १४१ रनले सहजै पराजित गर्यो। अफगानिस्तानले दिएको १९५ रनको लक्ष्य पछ्याएको युएईले १४.४ ओभरमा ५४ रन मात्र बनाउन सक्यो। अफगानिस्तानको जितमा ब्याटिंगतर्फ अल्लाह नुरले सर्वाधिक १०० रन बनाए भने बलिंगमा बिलाल सामी र खलिल एहमदले समान तिन विकेट तत्थ इझारुलाहक नभिदले २ विकेट लिए।
प्रतियोगिता अन्तर्गत समूह ‘बि’ मा रहेको नेपालले आफ्नो दोश्रो खेल श्रीलंकासंग आइतबार खेल्नेछ। खेल नेपाली समय ११:१५ बजे बिहान सुरु हुने छ। पहिलो खेलमा नेपाल बंगलादेशसंग १५४ रनले पराजित भएको थियो।