धनगढीमा जारि प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-ट्वान्टी प्रतियोगिताको फाइनलमा आज विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) र प्रदेश नम्बर-१ प्रतिस्पर्धा गर्दैछन्। फाप्ला क्रिकेट मैदानमा हुने खेल बिहान १० बजे सुरु हुनेछ।
प्रतियोगिताको विजेताले ५ लाख, द्वितीयले ३ लाख, ओमान अफ द सिरिजले २५ हजार, बेष्ट बलरले १५ हजार तथा बेस्ट व्याट्सओमनले १५ हजार प्राप्त गर्नेछन् ।
सेमीफाइनलमा प्रदेश-१ ले सुदूरपश्चिम प्रदेशलाई तथा एपीएफले लुम्बिनी प्रदेशलाई पराजित गर्दै फाइनलमा पुगेका थिए। दुवै टिमले प्रतियोगितामा खेलेको सबै ४ खेल जितेका छन्।
प्रतियोगिताको दाङमा सम्पन्न अघिल्लो संस्करणको फाइनलमा पनि एपीएफ र प्रदेश-१ ले प्रतिस्पर्धा गरेका थिए। उपाधि जित्ने क्रममा प्रदेश-१ ले एपीएफलाई ६ रनले पराजित गर्दै उपाधि जितेको थियो। एपीएफ बिरुद्ध सोहि जित दोहोर्याउने प्रयासमा प्रदेश-१ हुँदा एपीएफ आफ्नो वर्चस्व कायमै राख्न चाहन्छ। गत वर्ष बाहेक प्रधानमन्त्री कपको पांचवटै संस्करणको उपाधि एपीएफले जितेको छ।
प्रदेश-१ को लयमा रहेका खेलाडीहरु : प्रदेश-१ को ब्याटिंगमा अप्सरी बेगम, कप्तान रुबिना क्षेत्री र काजल श्रेष्ठ लयमा छन्। प्रतियोगितामा बनेका ४ मध्ये तन वटा अर्धशतक प्रदेश-१ को ब्याटरले बनाएका हुन्। प्रतियोगिताको सर्वाधिक रनकर्ता अप्सरीले ४ खेलमा २ अर्धशतक मद्दतले १६५ रन बनाएकी छिन् भने रुबिनाले ४ खेलमा १२३ रन बनाएकी छिन्। बलिंगमा अलिशा खडीया ४ खेलमा ९ विकेट लिंदै सर्वाधिक विकेटकर्ता हुन् भने रुबिना क्षेत्रीले कुल ५ विकेट लिएकी छिन्। सबनम राई, संगीता राई जस्ता बलरको उपस्थितिले प्रदेश-१ को बलिंग पनि सन्तुलित छ।
एपीएफको लयमा रहेका खेलाडीहरु : एपीएफको ब्याटिंगमा रोमा थापा, ममता चौधरी, ज्योति पाण्डे, इन्दु बर्मा जस्ता लयमा छन्। रोमाले ४ खेलमा ९८, ममताले ९५, ज्योतिले ६८ तथा इन्दुले २ खेलमा ५४ रन बनाएकी छिन्। बलिंगतर्फ करुना भण्डारी ४ खेलमा ७ विकेट, रेखा रावल ५ विकेट, सुष्म श्रेष्ठ र सिता राना मगरले समान ४ विकेट लिएका छन्। ब्याटिंग र बलिंग दुवै पक्षमा एपीएफ सन्तुलित छ। अलराउण्डर सिता राना मगरले हालसम्म ब्याटिंग क्रमको माथि आएकी छैनन्। सेमीफाइनल खेल अघि खुट्टाको चोटको कारण घाइते इन्दु बर्मा फाइनल खेल्ने अनिश्चित छ।