Ashes : डेब्युटेन्ट बोल्यान्डको घातक बलिंग, अस्ट्रेलियाले जित्यो सिरिज

डेब्युटेन्ट पेसर स्कट बोल्यान्डले घातक बलिंग गर्दा इंए=ग्ल्यान्डलाई इनिंग्स र १४ रनले पराजित गर्दै अस्ट्रेलियाले एशेज सिरिज दुई टेस्ट अगावै ३-० ले जितेको छ। जितसंगै अस्ट्रेलियाले एशेज आफ्नो साथमै राख्ने भएको छ।

मेलबर्न क्रिकेट ग्राउण्डमा इंग्ल्यान्डले दोश्रो इनिंग्समा ६८ रनमै सबै विकेट गुमायो। कप्तान जो रुटले २८ तथा बेन स्टोक्सले ११ रन बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्।

प्लेयर अफ द म्याच चुनिएका दायाँ हाते अस्ट्रेलियन पेसर बोल्यान्डले ४ ओभर बलिंग गर्दै ७ रन खर्चेर ६ विकेट लिए। यस क्रममा उनले एघारौं र २७ औं ओभरमा २/२ विकेट लिए। मिचेल स्टार्कले ३ तथा क्यामरन ग्रिनले १ विकेट लिए।

टेस्टमा टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले पहिलो इनिंग्समा १८५ रन बनाएको थियो। अस्ट्रेलियाले पहिलो इनिंग्समा २६७ रन बनाएको थियो।

सिरिज अन्तर्गत पहिलो र दोश्रो टेस्ट अस्ट्रेलियाले ९ विकेट र २७५ रनले विजयी भएको थियो। चौंथो टेस्ट सिड्नीमा जनवरी ५ तारिखबाट सुरु हुनेछ।

२०७८ पुष १३, मंगलवार मा प्रकाशित