युएईमा जारि अन्डर-१९ एसिया कप अन्तर्गत मंगलबारको समुह ‘बि’ अन्तर्गतको बंगलादेश र श्रीलंका बीचको खेल स्थगित भएको छ।
शारजाह मैदानमा भएको उक्त खेलको एक अम्पायरको कोभिड-१९ रिपोर्ट पोजेटिभ भएको खबर प्राप्त भएपछि खेलाडीहरुले मैदान छाडेका थिए। बंगलादेशले पहिले ब्याटिंग गर्दै ३२.४ ओभरमा ४ विकेट क्षेतीमा १३० रन बनाउदा खेल स्थगित भयो।
एसियन क्रिकेट काउन्सिल र इमिरेट्स क्रिकेट बोर्डले बिज्ञप्ति जारि गर्दै खेलमा अफिसियल रहेका दुई जनालाई कोभिड-१९ भएपछि खेल स्थगित गरिएको बताएको छ। बंगलादेश क्रिकेट बोर्डले युएईमा रहेको बंगलादेश टिमका सम्पूर्ण सदस्यको कोभिड-१९ रिपोर्ट नेगेटिभ आएको बताएको छ।
🚨 MATCH UPDATE –
“Asian Cricket Council U19 Asia Cup Statement
Asian Cricket Council and Emirates Cricket Board can confirm that the final Group B match of ACC Under 19 Asia Cup scheduled for play today has been called off." #ACC #U19AsiaCup #BANVSL— AsianCricketCouncil (@ACCMedia1) December 28, 2021
खेल स्थगित भएपछि बंगलादेशले सेमीफाइनलमा भारतको सामना गर्नेछ भने पाकिस्तानले श्रीलंकासंग अर्को सेमीफाइनलमा सामना गर्नेछ। समान ५ अंक रहेता पनि नेट रन रेटमा अघि रहेको बंगलादेश समुह ‘बि’ को बिजेताको रुपमा तथा श्रीलंका उपविजेताको रुपमा तथा पाकिस्तान समुह ‘ए’ को विजेता तथा भारत उपविजेताको रुपमा सेमीफाइनल पुगेको हो। फाइनल खेल ३१ डिसेम्बरमा दुबईमा खेलिनेछ।