पेसर मोहम्मद शामीले घातक बलिंग गर्दा दक्षिण अफ्रीका भ्रमण अन्तर्गत तिन टेस्टको सिरिजको पहिलो टेस्टमा भारत बलियो अवस्थामा पुगेको छ।
सेन्चुरियनमा जारी टेस्टको तेश्रो दिनको समाप्तिमा भारत दोश्रो इनिंग्समा १६/१ को अवस्थामा छ। भारतले दोश्रो इनिंग्समा १४६ रनको अग्रता हाँसिल गरेको छ। मायाँक अग्रवाल ४ रन बनाएर आउट भएपछि क्रिजमा केएल राहुल ५ तथा शर्दौल ठाकुर ४ रनमा अविजित छन्। मारको जेन्सनले अग्रवालको विकेट लिए।
यस अघि दक्षिण फ्रिकाले दोश्रो इनिंग्समा १९७ रन मात्र बनाउन सक्यो। उसको लागि तेम्बा बभुमाले ५२, क्विन्टन डीककले ३४, कागीसो रबाडाले २५ तथा मारको जेन्सनले १९ रन योगदान दिए। भारतको बलिंगमा मोहम्मद शामीले ५ विकेट लिए जुन क्रममा १६ ओभरमा ५ मेडन ओभर गर्दै ५१ रन खर्चिए। जस्प्रित बुम्राह र शार्दुल ठाकुरले समान दुई विकेट तथा मोहम्मद सिराजले एक विकेट लिए। रभीचन्द्रन आश्विन विकेटविहिन रहे।
भारतले पहिलो इनिंग्समा ३२७ रन बनाएको थियो। उसको लागि ओपनर केएल राहुलले १२३ रन, मायाँक अग्रवालले ६०, अजिंके रहानेले ४८ तथा कप्तान बिराट कोहलीले ३५ रन योगदान दिएका थिए। दक्षिण अफ्रिकी पेसर लुंगी एन गीडी एक्लैले ६ विकेट ( २४-५-७१-६ ) लिएका थिए। कागीसो रबाडाले तिन विकेट तथा मारको जेन्सनले एक विकेट लिए।