भारतको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत तीन टेस्टको सिरिज अन्तर्गत पहिलो टेस्टको चौंथो दिनको समाप्तिमा भारत जिततर्फ अघि बढेको छ।
दिनको समाप्तिमा ३०५ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रीकाले ९४ रन बनाउदा ४ विकेट गुमाएको छ। जितको लागि दक्षिण अफ्रीकाले २११ रन अझै बनाउनु पर्नेछ।
क्रिजमा ओपनर तथा कप्तान डीन एल्गर ५२ रन बनाएर अविजित छन् जसले १२२ बलमा ७ चौका प्रहार गरेका छन्। एडेन मारक्रम १ रन, केगान पिटरसन १७, रासी भान डर डुसेन ११ तथा केशव महाराज ८ रन बनाएर आउट भैसकेका छन्। भारतको बलिंगमा जस्परित बुम्राहले २ तथा मोहम्मद शामी र मोहम्मद सिराजले समान एक विकेट लिएका छन्।
यस अघि भारतले आफ्नो दोश्रो इनिंग्समा १७४ रन बनाएको थियो। उसको लागि रिशभ पन्तले सर्वाधिअक ३४ रन, केएल राहुलले २३ रन, अजिंके रहानेले २० रन, बिराट कोहलीले १८ रन, चेतेश्वर पुजाराले १६ रन योगदान दिए। दक्षिण अफ्रिकी बलर कागीसो रबाडा र मारको जेन्सनले समान ४ विकेट तथा लुंगी एनगीडीले २ विकेट लिए।
भारतले पहिलो इनिंग्समा केएल राहुलको १२३ रन मद्दतले ३२७ रन बनाएको थियो भने दक्षिण अफ्रीकाले १९७ रन बनाएको थियो।