न्युजिल्यान्ड स्टार क्रिकेटर रोस टेलरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास घोषणा गरेका छन्।
टेलरले यही शनिवार देखि बंगलादेश बिरुद्ध खेल्ने दुई टेस्टको सिरिज देशको लागि आफ्नो अन्तिम टेस्ट सिरिज हुने तथा फेब्रुअरी/मार्चमा अस्ट्रेलिया र नेदरल्याण्ड बिरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज अन्तिम एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज पछि अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिने घोषणा गरेका छन्।
३७ वर्षीय खेलाडीले सन् २००६ मा न्युजिल्यान्डको लागि डेब्यु गरेका थिए जो न्युजिल्यान्डको लागि सर्वाधिक रन बनाउने ( १८,०७४ रन ) ब्याटर हुन्।
“देशको लागि लामो समय प्रतिनिधित्व गर्न पाउनु मेरो अहोभाग्य हो। क्रिकेट खेलको महान खेलाडीहरुसंग खेल्दा धेरै यादहरु तथा साथीहरु कमाएको छु। तर सबै कुराको अन्त्य छ र सहि समय आएको छ।” टेलरले बताएका छन्।
टेलरले ११० टेस्टमा १९ शतक र ३ दोहोरो शतक मद्दतले ७,५८५ रन, २३३ एकदिवसीय अन्तर्राष्ट्रियमा २१ शतक मद्दतले ८,५७६ रन तथा १०२ टि-ट्वान्टी अन्तर्राष्ट्रियमा ७ अर्धशतक मद्दतले १,९०९ रन बनाएका छन्।