कोहलीको ब्याटबाट ठूलो स्कोर छिट्टै आउनेछ : द्रविड

टि-२० कप्तानको रुपमा राजिनामा दिएपछि कोहलीलाई वानडे कप्तानी बाट हटाइएको घटना पछि बिराट कोहली चर्चाको केन्द्रमा रहे जुन क्रममा धेरैले बिभिन्न टिप्पणी गरे। बिराट कोहलीको चर्चा त्यति मात्र नभई उनको फर्मलाई लिएर पनि भैरहेको छ। कोहलीले पछिल्लो २५ टेस्ट इनिंग्समा शतक बनाएका छैनन्। तर यस्ता चर्चाहरुले भारतीय टेस्ट कप्तान कोहलीलाई कुनै प्रभाव नपरेको टिमका प्रशिक्षक राहुल द्रविडले बताएका छन्।

दक्षिण अफ्रीका बिरुद्ध टेस्ट सिरिजको दोश्रो टेस्ट सुरु हुनु अघि द्रविडले कोहलीको तारिफ गरेका छन् – “एउटा कोचको रुपमा सिरिज खेल्दा तपाईलाई थाहा हुन्छ कि खेल सुरु भएपछि तपाईं धेरै कुरा गर्न सक्नु हुँदैन। कोचको रुपमा तपाईं राम्रो तयारी गर्न चाहनुहुन्छ र टिमलाई राम्रो स्थानमा ल्याउन चाहनुहुन्छ र यो कुरामा बिराट निकै तारिफयोग्य छन्। जसरि उनले टिमको नेतृत्व गरेका छन्, जसरि उनले आफ्नो तयारी गरेका छन् र प्रतिवद्ध हुँदै टिमसंग जोडिएका छन्, म उनि बारे यो भन्दा धेरै भन्न सक्दिन।”

“मैदानमा उनि एउटा शानदार नेतृत्वकर्ता र एउटा राम्रो कप्तान हुन् जसले टिमको माहोल निकै राम्रो बनाएका छन्। हामीले पहिलो राम्रो गर्नुको पछाडीको श्रेय बिराटको नेत्रित्वलाई जान्छ। उनि संग काम गर्नु खुसिको कुरा हो। उनि नेतृत्वकर्ता अभूतपूर्व छन् र अर्को कुरा उनि व्यक्तिगत अरुपमा पनि निकै राम्रो स्थितिमा छन्।”

द्रविडले कोहलीको फर्म बदलिने विश्वास व्यक्त गरे। २०२० को सुरुवात पछि १४ टेस्टमा कोहलीको औशत २६.०८ छ भने उनले शतक बनाएका छैनन्। पहिलो टेस्टमा राम्रो सुरुवात पछि कोहली बाहिरको बललाई खेल्ने क्रममा आउट भएका थिए।

द्रविडले बताए – “भलै उनले राम्रो सुरुवात गर्दै ठूलो स्कोरमा बदल्न सकेका छैनन्। मलाई लाग्छ कि उनको ब्याटबाट ठूलो स्कोर आउनेवाला छ। टिममा उनलाई हेर्दा लाग्छ कि उनि सबै आरामले गरिरहेका छन्। उनि निकै शान्त छन् र सबैसंग जोडिएका छन्।”

“मलाई लाग्छ उनि जस्तो व्यक्तिले एक पटक लय पाएपछि ठूलो स्कोरको शिलशिला देखिन्छ। आशा छ यो अर्को खेलमा हुनेछ। पछिल्लो दुई साता उनको पछाडी जे घटनाहरु भए त्यसको पछाडी उनले आफुलाई सम्हालेका छन् र भारतीय क्रिकेटको उत्कृष्ट नेत्रित्व दिएका छन्।”

३३ वर्षीय कोहलीले ९८ टेस्टमा २७ शतक र २७ अर्धशतक मद्दतले ७,७५४ रन बनाएका छन्।

२०७८ पुष १९, सोमबार मा प्रकाशित