फेब्रुअरी १५ तारिख देखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट ( ए ) प्रतियोगिताको लागि नेपाली राष्ट्रिय क्रिकेट टिम टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा अभ्यास गरिरहेको छ। आइतबार बन्द प्रशिक्षण सुरु गरेको टिमले पहिलो दिन होटलमा ओरिएन्टेसन गरेको थियो भने सोमबार र मंगलबार मैदानमा पुगेर अभ्यास गरेको हो।
अभ्यासमा प्रशिक्षक पुबुदु दासानायेकेलाई जगत टमाटाले सघाइरहेका छन्। पुबुदुले मंगलबार फिल्डिंग, बलिंग र ब्याटिंगको प्राविधिक पाटोको अभ्यास गराउदै र खेलाडीहरुलाई टि-२० फर्म्याटमा ढाल्ने प्रयास गरेका छन्।
हाल अस्ट्रेलियामा बिग ब्यास खेलीरहेका कप्तान सन्दिप लामिछाने तथा बिरामी भएका देब्रे हाते स्पिनर सागर ढकाल बाहेक अन्य २८ जना खेलाडीहरु अभ्यासमा सामेल थिए। क्यानले ३० जना खेलाडी बन्द प्रशिक्षणको लागि घोषणा गरेको थियो।
फोटोहरुमा हेर्नुस अभ्यास