घरेलु टोलि न्युजिल्यान्डलाई ८ विकेटले पराजित गर्दै बंगलादेशले ऐतिहासिक जित दर्ता गरेको छ। दुई टेस्टको सिरिजमा बंगलादेशले १-० को अग्रता हाँसिल गरेको छ।
बे ओभल, माउन्ट मौनगनुईमा सम्पन्न टेस्टमा न्युजिल्यान्डले दिएको ४० रनको सामान्य लक्ष्य बंगलादेशले २ विकेट गुमाएर पुरा गर्दै ८ विकेटको जित दर्ता गर्यो।
न्युजिल्यान्ड बिरुद्ध बंगलादेश यो पहिलो टेस्ट जित हो। यस्तै यस अघि बंगलादेशले न्युजिल्यान्डलाई उसैको भूमिमा कुनै पनि फर्म्याटको क्रिकेटमा पराजित गर्न सकेको थिएन। शाकिब अल हसन र तामिम इक्बाल जस्ता खेलाडीको अनुपस्थितिमा टिमले ठूलो नतिजा हात पारेको हो।
टेस्टको पहिलो इनिंग्समा न्युजिल्यान्डले ३२८ रन बनाएको थियो भने बंगलादेशले ४५८ रन बनाएको थियो। न्युजिल्यान्डले दोश्रो इनिंग्समा मात्र १६९ रन बनाउन सक्यो। ४० रनको लक्ष्य पछ्याउन बंगलादेशलाई सहज रह्यो। खेलको प्लेयर अफ द म्याच इबादत हुसेन चुनिए जसले दोश्रो इनिंग्समा न्युजिल्यान्डलाई सानो योगफलमा समेट्न ६ विकेट हात पारे।
टेस्ट समरी : न्युजिल्यान्ड पहिलो इनिंग्स : ३२८ ( डेभोन कनवे १२२, मेहदी हसन र शोरीफुल इश्लाम – ३ विकेट ) , बंगलादेश पहिलो इनिंग्स : ४५८ ( लिटन दास ८६, मोमिनुल हक ८८ , हसन जोय ७८, ट्रेन्ट बोल्ट ४ विकेट, निल वाग्नर ३ विकेट ) , न्युजिल्यान्ड दोश्रो इनिंग्स : १६९ ( विल योंग ६९, इबादत होसेन ६ विकेट, तास्किन एहमद ३ विकेट ) , बंगलादेश दोश्रो इनिंग्स ४२/२ ( नज्मुल होसेन १७, कायल जेमिसन १ विकेट )