भारत बिरुद्ध दोश्रो टेस्ट जित्न २४० रनको लक्ष्य पछ्याउने क्रममा घरेलु टोलि दक्षिण अफ्रीकाले चौंथो दिन समाप्तिमा २ विकेट गुमाएर ११८ रन बनाएको छ।
टेस्ट जित्न पाँचौ दिनमा दक्षिण अफ्रीकाले १२२ रन बनाउनु पर्नेछ जोसंग ८ विकेट सुरक्षित छ। क्रिजमा डीन एल्गर ४६ रन तथा रासी भान डर डुसेन ११ रन बनाएर अविजित छन्। कप्तान एल्गरले एडेन मारक्रमसंग ४७ रनको ओपनिंग साझेदारी तथा दोश्रो विकेटको लागि किगान पिटरसनसंग दोश्रो विकेटको लागि ४६ रनको साझेदारी गरे। ३१ रन बाएका मारक्रमलाई शार्दुल ठाकुरले तथा २८ रन बनाएका पिटरसनलाई रभीचन्द्रन आश्विनले पेभेलियन फर्काए। तेश्रो विकेटको लागि एल्गर र डुसेनले २५ रन जोडीसकेका छन्।
यस अघि भारतले दोश्रो इनिंग्समा २६६ रन बनाएको थियो। उसको लागि अजिंके रहानेले सर्वाधिक ५८, चेतेश्वर पुजाराले ५३ तथा हनुमा विहारीले अविजित ४० रन योगदान दिए। दक्षिण अफ्रीकाको बलिंगमा कागीसो रबाडा, लुंगी एनगीडी र मारको जानसेनले समान तिन विकेट लिए।
टेस्टको पहिलो इनिंग्समा भारतले २०२ रन बनाएको थियो भने दक्षिण अफ्रीकाले पहिलो इनिंग्समा २२९ रन बनाएको थियो।
सिरिज अन्तर्गत पहिलो टेस्ट भारतले ११३ रनले जित्दै १-० को अग्रता हाँसिल गरेको थियो।