प्रधानमन्त्री कप टि-२० : आज चारवटा खेलहरु हुँदै

प्रधानमन्त्री कप टि-ट्वान्टी राष्ट्रिय प्रतियोगिता आज देखि काठमाडौँमा सुरु हुँदैछ। प्रतियोगिताको पहिलो दिन चारवटा खेलहरु हुँदैछन्।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा र मुलपानी क्रिकेट मैदानमा दुई/दुईवटा खेल हुँदैछ। टियु मैदानमा विहान ९ बजे डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लब र कर्णाली प्रदेश तथा दिउँसो १ बजे नेपाल एपीएफ क्लब र प्रदेश-२ प्रतिस्पर्धा गर्नेछन्। यस्तै मुलपानी मैदानमा बिहान ९ बजे नेपाल पुलिस क्लब र सुदूरपश्चिम प्रदेश तथा दिउँसो १ बजे बागमती प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धा गर्नेछन्।

कुन टिममा को-को खेलाडी छन् –

त्रिभुवन आर्मी क्लब : बिनोद भण्डारी ( कप्तान ) , सोमपाल कामि, कुशल मल्ल, रोहित पौडेल, शाहब आलम, राजेश पुलामी, सुशन भारि, जितेन्द्र मुखिया, बिक्रम सोब, हरि बहादुर चौहान, आकाश चन्द, सोनु तामांग, तुल बहादुर थापा, इन्द्रकमल मानन्धर , प्रशिक्षक – चन्द्र साउद

कर्णाली प्रदेश : रविन्द्रजंग शाही ( कप्तान ) , प्रकाश जैसी, निश्चल रावल ( उपकप्तान ) , दिवान पुन, अनुज चनारा, हिमांशु शाही, दिनेश अधिकारी, बिपिन रावल, हेमन्त ओली, अर्जु घर्ति, राज कुमार शाह, मनिश थापा, अनुप कुँवर, रुपक ढकाल

नेपाल पुलिस क्लब : मन्जित श्रेष्ठ ( कप्तान ) , आरिफ शेख, पवन सर्राफ, सागर ढकाल, करन केसी, गुल्सन झा, अनिल शाह, योगेन्द्र सिंह कार्की कुशल भुर्तेल, दिपेन्द्र ऐरी, शंकर राना, राशिद खान, दिलिप नाथ, अमित श्रेष्ठ , प्रशिक्षक – मनोज कटवाल

प्रदेश नम्बर-२ : हसिम अन्सारी ( कप्तान ) , बिबेक यादव ( उपकप्तान ) , हरि कृष्ण झा, सुरज पटेल ( विकेटकिपर ) , राहुल प्रताप सिंह, पार्थिक यादव, हरिशंकर शाह, मेहबुब आलम, जितेन्द्र यादव, सन्तोष कार्की, रुपेश सिंह, कुमार थापा, आदील आलम, बिशाल सुश्लिंग, प्रशिक्षक : प्रकाश शर्मा

नेपालले फेब्रुअरी १५ तारिख देखि ओमानमा खेल्ने टि-२० विश्वकप छनोटलाई मध्यनजरमा राखेर पहिलो पटक प्रधानमन्त्री कप टि-ट्वान्टी फर्म्याटमा आयोजना हुन लागेको हो। नेपाली राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा रहेका खेलाडीहरु समेत प्रतियोगितामा सहभागी हुँदैछन्।

प्रतियोगितामा ७ वटा प्रदेश र तिन वटा विभागीय गरि १० टोलि सहभागी छन्। १० टिमलाई समुह ‘ए’ र ‘बि’ गरि दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा त्रिभुवन आर्मी क्लब, कर्णाली प्रदेश, नेपाल पुलिस क्लब, सुदूरपश्चिम प्रदेश र प्रदेश नम्बर-१ छन्। समुह ‘बि’ मा नेपाल एपीएफ क्लब, प्रदेश-२, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश छन्। समुह चरणमा सबै टिमले एक-अर्कासंग एक/एक खेल खेलेपछि दुवै समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। खेलहरु टियु अन्तर्राष्ट्रिय मैदान कीर्तिपुर र मुलपानी मैदानमा आयोजना हुनेछ।

२०७८ पुष २६, सोमबार मा प्रकाशित