प्रधानमन्त्री कप : आसिफ र प्रदिपको अर्धशतक, एपीएफद्वारा प्रदेश-२ पराजित

प्रदेश नम्बर-२ लाई २४ रनले पराजित गर्दै विभागीय टोलि एपीएफले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगितामा विजयी सुरुवात गरेको छ।

टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा खेलमा एपीएफले दिएको १६४ रनको लक्ष्य पछ्याएको प्रदेश-२ ले २० ओभर ब्याटिंग गरेता पनि ९ विकेट क्षेतीमा १३९ रन मात्र बनायो। लक्ष्य पछ्याउने क्रममा प्रदेश-२ को लागि हरिशंकर शाहले सर्वाधिक ३६ तथा आदील आलमले ३५ रन बनाए। सुरज पटेलले १५ तथा बिबेक यादवले १३ रन बनाए।

एपीएफ बलर भुवन कार्की ( ४-०-३२-२ ), कमल ऐरी ( ४-०-३१-२ ) र अविनाश बोहराले ( ४-०-३४-२ ) समान दुई विकेट लिए। शरद भेसावकर र किशोर महतोले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको एपीएफले २० ओभरमा ५ विकेट क्षेतीमा १६३ रन बनाएको थियो।

एपीएफको ब्याटिंगमा ओपनर आसिफ शेखले सर्वाधिक ६३ रन बनाए जुन क्रममा ४५ बलमा ३ चौका र ५ छक्का प्रहार गरे। अर्का ओपनर प्रदिप ऐरीले ४८ बमा ९ चौका मद्दतले ६० रन बनाए। शरद भेसावकरले अविजित ९ तथा अमर सिंह रौटेलाले अविजित ४ रन बनाए। प्रदिप र आसिफले १२० रनको ओपनिंग साझेदारी गरेका थिए।

प्रदेश-२ को बलिंगमा दायाँ हाते पेसर रुपेश सिंहले ४ विकेट ( ४-०-२५-४ ) तथा बिबेक यादवले १ विकेट लिए।

२०७८ पुष २६, सोमबार मा प्रकाशित

Loading...

Leave a Comment