त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप टि-२० रास्ट्रिय प्रतियोगितामा दोश्रो जित दर्ता गरेको छ। पहिलो खेलमा पुलिसले सुदूरपश्चिमलाई पराजित गरेको थियो। आर्मीले पहिलो खेलमा कर्णाली प्रदेशलाई पराजित गरेको थियो।
टियु अन्तर्राष्ट्रिय मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको १३८ रनको लक्ष्य पुलिसले ६ विकेट क्षेतीमा १८ ओभरमा भेटायो।
पुलिसको ब्याटिंगमा कुशल भुर्तेलले २२ बलमा ५ चौका र १ छक्का मद्दतले ३५ रन बनाए। राशिद खानले १९ बलमा ४ चौका र १ छक्का मद्दतले २५ तथा दिलिप नाथले २५ बलमा २ चौका र १ छक्का मद्दतले अविजित २५ रन बनाए। यस्तै अनिल शाहले ११ बलमा १ चौका र २ छक्का मद्दतले २२ रन बनाए। आरिफ शेखले १० तथा योगेन्द्र सिंह कार्कीले अविजित ९ रन बनाए।
आर्मीको बलिंगमा शाहब आलमले ३ विकेट ( ४-०-१६-३ ) , जितेन्द्र मुखियाले २ ( ४-०-२७-२ ) तथा कुशल मल्लले १ विकेट ( २-१-१३-१ )
यस अघि टस हारेर ब्याटिंग गरेको आर्मीले १९.५ ओभरमा १३७ रनमा सबै विकेट गुमाएको थियो।
आर्मीको लागि कप्तान बिनोद भण्डारीले सर्वाधिक ४४ रन बनाए जुन क्रममा ३६ बलमा ३ चौका र ३ छक्का प्रहार गरे। यस्तै सोमपाल कामिले ३५ बलमा ६ चौका मद्दतले ४२ रन बनाए। सोमपाल र बिनोदले चौंथो विकेटको लागि ३९ रनको साझेदारी गरे। हरि चौहान, कुशल मल्ल र सुशन भारिले समान १२ रन बनाए।
पुलिसका बलर करन केसीले सर्वाधिक ४ विकेट ( ४-०-१७-४ ) लिंदा गुल्सन झा र योगेन्द्र सिंह कार्कीले समान दुई विकेट लिए। आरिफ शेख र दीपेन्द्र ऐरीले समान एक विकेट लिए।