PM CUP : अनुज चम्किंदा कर्णालीको जित

प्रदेश नम्बर-१ लाई ३१ रनले पराजित गर्दै कर्णाली प्रदेशले प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। कर्णाली पहिलो खेलमा आर्मीसंग पराजित भएको थियो।

मुलपानी मैदानमा सम्पन्न खेलमा कर्णालीले दिएको १२१ रनको लक्ष्य पछ्याएको प्रदेश-१ ले १७.५ ओभरमा सबै विकेट गुमाएर ८९ रन मात्र बनायो। प्रदेश-१ को लागि फिर्दोश अन्सारीले सर्वाधिक २३, दिपेश कंडेल र सर्वन यादवले समान १५ तथा कप्तान सिद्धान्त लोहनीले १४ रन बनाए। लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ ले ३३ रन बनाउदा ७ विकेट गुमाएको थियो। चौंथो विकेटको लागि दिपेश र फिर्दोशले ३३ रनको साझेदारी गरेता पनि जित्न पर्याप्त थिएन। फिर्दोशले अन्तिमसम्म ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन्।

कर्णाली प्रदेशका बलर अनुज चनाराले सर्वाधिक ४ विकेट ( ३.५-०-१६-४ ) लिए। दिवान पुनले २ ( ४-०-१०-२ ) तथा दिनेश अधिकारी, प्रकाश जैसी र अनुप कुँवरले समान एक विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको कर्णालीले २० ओभरमा ७ विकेट क्षेतीमा १२० रन बनाएको थियो। कर्णालीको लागि रबिन्द्र शाहीले सर्वाधिक ३६, प्रकाश जैसीले २५, राज शाहले १५ तथा बिपिन रावलले ११ रन बनाए। रबिन्द्र र प्रकाशले चौंथो विकेटको लागि ४७ रनको साझेदारी गरेका थिए।

प्रदेश-१ का बलर मुकुन्द यादवले ३ ( ४-०-१८-३ ) , फिर्दोश अन्सारीले २ तथा कमल खत्री र सिद्धान्त लोहनीले समान एक विकेट लिए।

२०७८ पुष २७, मंगलवार मा प्रकाशित

Loading...

Leave a Comment