कोहलीको संघर्षपूर्ण इनिंग्सका बाबजुद भारतको सामान्य योगफल

कप्तान बिराट कोहलीले संघर्षपूर्ण पारि खेलेता पनि अन्य ब्याट्सम्यानले ठूलो योगदान दिन नसक्दा दक्षिण अफ्रीका बिरुद्ध तेश्रो टेस्टमा पहिले ब्याटिंग गरेको भारत पहिलो इनिंग्समा २२३ रनमा समेटिएको छ।

दक्षिण अफ्रीकाको न्युल्यान्ड्स, केपटाउनमा जारि खेलमा टस जितेर ब्याटिंग गरेको भारतले पहिलो इनिंग्समा ७७.३ ओभरमा २२३ रन बनाउदा सम्पूर्ण विकेट गुमाउन पुग्यो। पहिलो इनिंग्सको ब्याटिंग सुरु गरेको दक्षिण अफ्रीकाले ८ ओभर ब्याटिंग गर्दा १ विकेट क्षेतीमा १७ रन बनाएको छ। कप्तान डीन एल्गर ३ रन बनाएर जस्प्रित बुम्राहबाट क्याच आउट भएपछि क्रिजमा एडेन मारक्रम ८ तथा केशव महाराज ६ रन बनाएर अविजित छन्।

भारतको ब्याटिंगमा कप्तान बिराट कोहलीले सर्वाधिक ७९ रन बनाए जुन क्रममा २०१ बलमा १२ चौका र १ छक्का प्रहार गरे। चेतेश्वर पुजाराले ४३, रिशभ पन्तले २७, मायाँक अग्रवालले १५ तथा केएल राहुल र शार्दुल ठाकुरले समान १२ रन बनाए।

कोहलीले पुजारासंग तेश्रो विकेटको लागि ६२ रनको, पाँचौ विकेटको लागि पन्तसंग ५१ रन को साझेदारी गरे। तर अर्को किनारमा विकेट जाने क्रम रोकिएन। नवौं विकेटको रुपमा कोहलीलाई ७३ औं ओभरमा कागीसो रबाडाले क्याच आउट पारे।

दक्षिण अफ्रीकाको बलिंगमा कागीसो रबाडाले ४ सर्वाधिक ४ विकेट ( २२-४-७३-४ ) तथा मारको जेन्सनले ३ विकेट ( १८-६-५५-३ ) लिए। यस्तै डुएन ओलिभर, लुंगी एनगीडी र केशव महाराजले समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो टेस्टमा भारत ११३ रनले विजयी हुँदा दोश्रो टेस्ट दक्षिण अफ्रीकाले ७ विकेटले जित्दै बराबरी गरेको थियो।

२०७८ पुष २७, मंगलवार मा प्रकाशित