प्रदेश-२ लाई ४२ रनले पराजित गर्दै प्रधानमन्त्री कप टि-२० राष्ट्रिय प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। यस अघि लुम्बिनी बागमती प्रदेशसंग पराजित भएको थियो। प्रदेश-२ को यो लगातार दोश्रो हार हो जो यस अघि एपीएफसंग पराजित भएको थियो।
समुह ‘बि’ अन्तर्गत टियु अन्तर्राष्ट्रिय मैदान किर्तिपुरमा सम्पन्न खेलमा लुम्बिनीले दिएको १६२ रन लक्ष्य पछ्याएको प्रदेश-२ ले पुरै २० ओभर ब्याटिंग गर्दै ९ विकेट क्षेतीमा ११९ रन मात्र बनाउन सक्यो। प्रदेश-२ को ब्याटिंगमा दशौँ नम्बरमा ब्याटिंग गरेका बिबेक यादवले सर्वाधिक अविजित ३६ रन बनाए जुन क्रममा २४ बलमा २ चौका र ३ छक्का प्रहार गरे। सन्तोष कार्की र हरिकृष्ण झाले समान १४ तथा आदील आलम र रुपेश सिंहले समान १३ रन बनाए।
लुम्बिनी प्रदेशका बलर अनिल खरेलले ५ विकेट लिए जुन क्रममा ४ ओभरमा १ मेडन गर्दै १३ रन मात्र खर्चिए। कृष्ण कार्की, सिद्धान्त शहि र बसिर एहमदले समान एक विकेट लिए।
यस अघि टस जितेर ब्याटिंग गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट क्षेतीमा १६१ रन बनाएको थियो।
लुम्बिनीको ब्याटिंगमा ओपनर देव खनालले सर्वाधिक ५४ रन बनाए जुन क्रममा ३८ बलमा ४ चौका र २ छक्का प्रहार गरे। बसिर एहमद र सन्दिप रजालीले समान ३० रन तथा सुशान्त थापाले १४ र सौरभ खनालले १० रन योगदान दिए। देवले दोश्रो विकेटको लागि सुशान्तसंग ४२ रनको तथा बसिरसंग ५३ रनको साझेदारी गरे।
प्रदेश-२ का बलर रुपेश सिंह र बिबेक यादवले समान दुई विकेट तथा हरि शंकर शाह, मेहबुब आलम र बिशाल सुश्लिंगले समान एक विकेट लिए।