पाँचौ टेस्टमा इंग्ल्यान्डलाई १४६ रनले पराजित गर्दै घरेलु टोलि अस्ट्रेलियाले एशेज सिरिज ४-० ले जितेको छ।
होबार्टमा सम्पन्न खेलमा अस्ट्रेलियाले दिएको २७१ रन लक्ष्य पछ्याएको इंग्ल्यान्डले १२४ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा इंग्ल्यान्डको लागि ओपनर ज्याक क्रलेले सर्वाधिक ३६, रोरी बर्न्सले २६ रन योगदान दिए। क्रले र बर्न्सले ६८ रनको ओपनिंग साझेदारी गरेता पनि त्यसपछि लगातार विकेट गुम्न पुग्यो र ६८/० बाट उसले १२४ रन बनाउदा सबै विकेट गुमायो । अस्ट्रेलियाको बलिंगमा प्याट कमिन्स, स्कट बोल्याण्ड र क्यामरन ग्रिनले समान तिन विकेट लिए।
टेस्टको पहिलो इनिंग्समा अस्ट्रेलियाले ३०३ रन बनाएको थियो भने इंग्ल्यान्डले पहिलो इनिंग्समा १८८ रन बनाएको थियो। अस्ट्रेलियाले दोश्रो इनिंग्समा १८८ रन बनाएको थियो।
खेलको प्लेयर अफ द म्याच पहिलो इनिंग्समा शतक बनाएका ट्राभिस हेड चुनिए। हेडनै प्लेयर अफ द सिरिज पनि चुनिए जसले सिरिजमा दुई वटा शतक र एउटा अर्धशतक बनाए।
सिरिज अन्तर्गत अस्ट्रेलियाले पहिलो टेस्ट ९ विकेटले, दोश्रो टेस्ट २७५ रनले, तेश्रो टेस्ट इनिंग्स र १४ रनले जितेको थियो। चौंथो टेस्ट बराबरी भएको थियो।