ग्लेन म्याक्सवेलले बिग ब्यास लिगको इतिहासमै विशाल व्यक्तिगत इनिंग्स खेल्दा बिग ब्यास लिग अन्तर्गत ५६ औं खेलमा मेलबर्न स्टार्सले होबार्ट हरिकेन्सलाई १०६ रनले पराजित गरेको छ। यो जित रन अन्तरको आधारमा लिग इतिहासको सातौँ ठूलो जित हो।
मेलबर्नको घरेलु मैदान मेलबर्न क्रिकेट ग्राउण्डमा सम्पन्न खेलमा मेलबर्नले दिएको २७४ रनको लक्ष्य पछ्याएको होबार्टले २० ओभर ब्याटिंग गर्दै ६ विकेट क्षेतीमा १६७ रन मात्र बनाउन सक्यो। लक्ष्य पछ्याउने क्रममा होबार्टको लागि बेन म्याकडरमोटले ५५, ड्यार्सी सर्टले ४१ रन बनाएता पनि जित्न पर्याप्त रहेन मेलबर्नका बलर ब्रडी कुचले सर्वाधिक ३ विकेट लिए।
यस अघि टस हारेर ब्याटिंग गरेको मेलबर्नले २० ओभरमा २ विकेट क्षेतीमा २७३ रन बनाएको थियो।
मेलबर्नको ब्याटिंगमा कप्तान तथा ओपनर ग्लेन म्याक्सवेलले मात्र ६४ बलमा २२ चौका र ४ छक्का मद्दतले अविजित १५४ रन बनाए। म्याक्सवेलको स्कोर लिग इतिहासकै व्यक्तिगत सर्वाधिक स्कोर हो। यस्तै मार्कस स्टोइनिसले ३१ बलमा ४ चौका र ६ छक्का मद्दतले अविजित ७५ रन बनाए। जोए क्लार्कले ३५ रन बनाए। म्याक्सवेलले क्लार्कसंग ६.६ ओभरमै ९७ रनको ओपनिंग साझेदारी गरे। यस्तै उनले तेश्रो विकेटको लागि स्टोइनिससंग ५४ बलमा १३२ रनको साझेदारी गरे।
खेलमा नेपाली रास्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने विकेटविहिन रहे भने सिजनकै महँगो समेत सावित भए। यस क्रममा उनले ४ ओभरमा ५२ रन खर्चिए। टिमका अन्य बलर टिम डेभिड सन्दिप ( २ ओभरमा ३३ रन ) , ड्यार्सी सर्ट ( २ ओभरमा ३४ रन ) , जोश कान ( २ ओभरमा ४० रन ) तथा विल स्याण्डर्स ( १ ओभरमा १७ रन ) पनि महँगो सावित भए।
इनिंग्सको तेश्रो ओभरमा बलिंग सुरुवात गरेका सन्दिपले पहलो ओभरमा १८ रन खर्चिए। त्यसपछि छैठौं ओभरमा दोश्रो ओभर गर्दा उनले ८ रन, तेह्रौं ओभरमा तेश्रो ओभरमा ४ रन तथा अठारौं ओभरमा चौन्धो ओभरमा २२ रन खर्चिए। उनलाई चौथो ओभरमा ग्लेन म्याक्सवेलले लगातार पहिलो ५ बलमा ५ चौका प्रहार गरे।
जारि सिजन सन्दिप लामिछानेले १४ खेल खेल्दा १४ विकेट लिएका छन्।