वेस्टइन्डिजमा जारि यु-१९ विश्व कप प्रतियोगिता अन्तर्गत गय राति सम्पन्न दुईवटा खेलमा भारत र अस्ट्रेलिया विजयी भएका छन्।
समुह ‘बि’ अन्तर्गत खेलमा भारतले आयरल्याण्डलाई १७४ रनले तथा समुह ‘डी’ अन्तर्गत खेलमा अस्ट्रेलियाले स्कटल्याण्डलाई ७ विकेटले पराजित गर्यो।
ब्रायन लारा स्टेडियममा सम्पन्न खेलमा भारतले दिएको ३०८ रनको लक्ष्य पछ्याएको आयरल्याण्डले ३९ ओभरमा १३३ रनमा सबै विकेट गुमायो। भारतको जितमा ब्याटिंगतर्फ हरनुर सिंहले ८८ तथा अंगक्रिश रघुबंशीले ७९ रन बनाए भने बलिंगमा गर्भ सांग्वान, अंगेश्वर गौतम र कौशल ताम्बेले समान दुई विकेट लिए।
भारत दोश्रो जित पछि ४ अंक सहित समुह ‘बि’ को शिर्षस्थानमा छ भने आयरल्याण्ड २ खेलमा १ जित र १ हार बेहोर्दै २ अंक सहित तेश्रो स्थानमा छ। दक्षिण अफ्रीका १ जित र १ हार पछि २ अंक सहित दोश्रो र युगान्डा दुवै हार पछि चौंथो स्थानमा छ।
कोनार स्पोर्ट्स क्लबमा सम्पन्न खेलमा स्कटल्याण्डले दिएको २३७ रनको लक्ष्य अस्ट्रेलियाले ३९.५ ओभरमा ३ विकेट क्षेतीमा भेटायो। अस्ट्रेलियन ओपनर टेगुए चाहिलले १०१ रन र एडन चाहिलले ७२ रन बनाए भने बलिंगमा विलियम साल्जमान र एडन चाहिलले समान दुई विकेट लिए। स्कटल्याण्डको ब्याटिंगमा चार्ली टिएर र टोमस म्याकिनतोसले समान ५४ रन बनाएका थिए।
तेश्रो खेल खेल्दा दुई जित पछि अस्ट्रेलिया ४ अंक सहित दोश्रो स्थानमा छ। स्कटल्याण्ड तिन खेलमा हार पछि प्रतियोगिताबाट बाहिर भएको छ। श्रीलंका दुई खेलमा जित पछि ४ अंक सहित शिर्ष स्थानमा छ भने अस्ट्रेलियाले ३ खेलमा २ जित र १ हार बेहोरेको छ। वेस्टइन्डिजको २ खेलमा १ जित र १ हार पछि २ अंक छ। श्रीलंका र वेस्टइन्डिज बीचको खेलपछि क्वार्टरफाइनल पुग्ने दुई टिमको टुंगो लाग्नेछ।