पन्त र राहुलको अर्धशतक, दक्षिण अफ्रीकालाई चुनौतिपूर्ण लक्ष्य

भारतको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत दोश्रो एकदिवसीयमा भारतले घरेलु टोलिलाई चुनौतिपूर्ण लक्ष्य प्रस्तुत गरेको छ।

बोल्याण्ड पार्क स्टेडियममा टस जितेर ब्याटिंग गरेको भारतले ५० ओभरमा ६ विकेट क्षेतीमा २८७ रन बनाउदै दक्षिण अफ्रीकालाई २८८ रनको लक्ष्य दिएको छ।

भारतको लागि विकेटकिपर ब्याट्सम्यान रिशभ पन्तले सर्वाधिक ८५ रन बनाए जुन क्रममा ७१ बलमा १० चौका र २ छक्का प्रहार गरे। कप्तान केएल राहुलले ७९ बलमा ५५ रन बनाए भने शार्दुल ठाकुरले अविजित ४० रन, शिखर धवनले २९, रभीचन्द्रन आश्विनले अविजित २५ रन तथा भेंकटेस ऐयरले २२ रन बनाए। श्रेयस ऐयरले ११ रन बनाउदा बिराट कोहलीले खाता खोल्न सकेनन्।

ओपनर राहुल र धवनले ६३ रनको ओपनिंग साझेदारी गरेका थिए। बाह्रौं ओभरमा धवनलाई एडेन मारक्रमले क्याच आउट पारे। लगत्तै ओभरमा बिराट कोहली खाता नखोली केशव महाराजबाट क्याच आउट भए। तेश्रो विकेटको लागि राहुल र पन्तले ११५ रनको साझेदारी गरे। बत्तीसौं ओभरमा राहुललाई सिसंडा मागलाले क्याच आउट गरे भने लगत्तै ओभरमा पन्तलाई तब्रेज शाम्सीले क्याच आउट पारे। श्रेयस ऐयर लाई पनि शाम्सीले एलबिडब्लु पारे। भेंकटेस ऐयरलाई एन्डीले फेलुक्वायोले स्टम्प आउट गर्दा भारत १७९/२ बाट २३९/६ क अवस्थामा पुग्यो। सातौँ विकेटको लागि शार्दुल ठाकुर र रभीचन्द्रन आश्विनले अविजित ४८ रनको साझेदारी गरे।

दक्षिण अफ्रीकाको बलिंगमा तब्रेज शाम्सी ( ९-०-५७-२ ) ले दुई विकेट लिंदा एडेन मारक्रम ( ८-०-३४-१ ), सिसांडा मागला ( ८-०-६४-१ ), केशव महाराज ( ९-०-५२-१ ) र एन्डीले फेलुक्वायोले ( ८-०-४४-१ ) समान एक विकेट लिए।

सिरिज अन्तर्गत पहिलो खेलमा दक्षिण अफ्रीका ३१ रनले विजयी भएको थियो।

२०७८ माघ ७, शुक्रबार मा प्रकाशित