पहिलो वानडेमा अफगानिस्तानद्वारा नेदरल्याण्ड पराजित

कतारमा सुरु भएको अफगानिस्तान र नेदरल्याण्ड बीचको तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा अफगानिस्तानले विजयी सुरवात गरेको छ।

कतारको दोहा स्थित वेस्ट इन्ड पार्क स्टेडियममा सम्पन्न खेलमा अफगानिस्तानले दिएको २२३ रनको लक्ष्य पछ्याउने क्रममा नेदरल्याण्डले ४८ ओभरमा १८६ रन मात्र बनाउन सक्यो र ३६ रनको हार बेहोर्यो।

लक्ष्य पछ्याउने क्रममा ओपनर मुसा एहमद ११, कोलिन एंकरम्यान १० रन तथा बास डी लिडे ९ रन बनाएर आउट भए। अर्का ओपनर स्कट एड्वार्ड्सले चौंथो विकेटको लागि कप्तान पिटर सिलारसंग ५१ रन जोडे। ८२ बलमा ६८ रन बनाएका एड्वार्ड्सलाई एकतीसौं ओभरमा मुजिब उर् रहमानले बोल्ड गरे। ३२ रन बनाएका चालीसौं ओभरमा यामिन अहमदजाईले बोल्ड गरे। त्यसपछि नेदरल्याण्डको इनिंग्स धरासायी बन्यो। १५२/४ को अवस्थाबाट थप ३४ रन जोड्दा उसले सम्पूर्ण विकेट गुमाउन पुग्यो।

अफगानिस्तानका बलर राशिद खानले सर्वाधिक ३ विकेट ( ९-०-३१-३ ) तथा यामिन अहमदजाई ( ९-१-३४-२ ) र मुजिब उर् रहमानले ( १०-१-३९-२ ) समान दुई विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको अफगानिस्तानले ५० ओभरमा ८ विकेट क्षेतीमा २२२ रन बनाएको थियो। अफगानिस्तानको लागि कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ७३ रन तथा रहमत शाहले ७० रन योगदान दिए। शाहिदीले ९४ बलमा ४ चौका र २ छक्का तथा शाहले १०२ बलमा ३ चौका र २ छक्का प्रहार गरे।

ओपनर रहमनुल्लाह गुर्बज १३ रन बनाएर आउट भएपछि रहमत शाहले अर्का ओपनर उस्मान घानीसंग ५९ रनको साझेदारी गरे। उन्नाईसौं ओभरमा घानी २४ रन बनाएर आउट भए जसपछि रहमतले हस्मतुल्लाह शाहिदीसंग ६६ रन जोडे। छत्तिसौं ओभरमा रहमतलाई कोलिन एंकरम्यानले एलबिडब्लु पारे। त्यसपछि शाहिदीले अन्तिमसम्म ब्याटिंग गरेता पनि अन्य ब्याट्सम्यानले उनलाई लामो साथ दिएनन्। शाहिदी इनिंग्सको अन्तिम बलमा ब्राण्डन ग्लोभरबाट क्याच आउट भए।

नेदरल्याण्ड बलर ब्राण्डन ग्लोभरले ३ विकेट ( ९-०-४३-३ ), फ्रेड क्लासेनले २ विकेट ( १०-१-३९-२ ) तथा भिभिएन किंग्मा, फ्लिपे बोसेभेन र कोलि एंकरम्यानले समान एक विकेट लिए।

सिरिज अन्तर्गत दोश्रो खेल जनवरी २३ तथा तेश्रो खेल जनवरी २५ तारिखमा खेलिनेछ।

२०७८ माघ ७, शुक्रबार मा प्रकाशित