भारतको कमजोर लय, दक्षिण अफ्रीकालाई एकदिवसीय सिरिज

एकतर्फी खेलमा दोश्रो खेलमा भारतलाई ७ विकेटले पराजित गर्दै घरेलु टोलि दक्षिण अफ्रीकाले एक खेल अगावै तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज २-० ले आफ्नो पक्षमा पारेको छ। पहिलो खेल दक्षिण अफ्रीकाले ३१ रनले जितेको थियो। यस अघि सम्पन्न टेस्ट सिरिज समेत घरेलु टिमले २-१ ले आफ्नो पक्षमा पारेको थियो।

बोल्याण्ड पार्क मैदानमा सम्पन्न खेलमा भारतले दिएको २८८ रनको लक्ष्य दक्षिण अफ्रीकाले मात्र ३ विकेट क्षेतीमा भेटायो। ४८.१ ओभरमा भेटायो।

लक्ष्य पछ्याउने क्रममा दक्षिण अफ्रिकी ओपनर जानेमन मलान र क्विन्टन डीककले १३२ रनको साझेदारी गरे। ६६ बलमा ७ चौका र ३ छक्का मद्दतले ७८ रन बनाएका डीककलाई बाइसौं ओभरमा शार्दुल ठाकुरले एलबिडब्लु पारे। त्यसपछि दोश्रो विकेटको लागि मलानले कप्तान तेम्बा बभुमासंग ८० रन जोडे। १०८ बलमा ८ चौका र १ छक्का मद्दतले ९१ रन बनाएका मलं पैतिसौं ओभरमा जस्प्रित बुम्राहबाट बोल्ड भए। लगत्तै ओभरमा ३५ रन बनाएका बभुमालाई युज्भेन्द्र चहलले आफैद्वारा क्याच आउट पारे। चौंथो विकेटको लागि एडेन मार क्रम र रसि भान डर डुसेनले अविजित ७४ रनको साझेदारी गरे। मारक्रम र डुसेन दुवैले अविजित समान ३७ रन बनाए।

भारतको बलिंगमा शार्दुल ठाकुर, युज्भेन्द्र चहल र जस्प्रित बुम्राहले समान एक विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको भारतले ५० ओभरमा ६ विकेट क्षेतीमा २८७ रन बनाएको थियो।

भारतको लागि विकेटकिपर ब्याट्सम्यान रिशभ पन्तले सर्वाधिक ८५ रन बनाए जुन क्रममा ७१ बलमा १० चौका र २ छक्का प्रहार गरे। कप्तान केएल राहुलले ७९ बलमा ५५ रन बनाए भने शार्दुल ठाकुरले अविजित ४० रन, शिखर धवनले २९, रभीचन्द्रन आश्विनले अविजित २५ रन तथा भेंकटेस ऐयरले २२ रन बनाए। श्रेयस ऐयरले ११ रन बनाउदा बिराट कोहलीले खाता खोल्न सकेनन्।

ओपनर राहुल र धवनले ६३ रनको ओपनिंग साझेदारी गरेका थिए। बाह्रौं ओभरमा धवनलाई एडेन मारक्रमले क्याच आउट पारे। लगत्तै ओभरमा बिराट कोहली खाता नखोली केशव महाराजबाट क्याच आउट भए। तेश्रो विकेटको लागि राहुल र पन्तले ११५ रनको साझेदारी गरे। बत्तीसौं ओभरमा राहुललाई सिसंडा मागलाले क्याच आउट गरे भने लगत्तै ओभरमा पन्तलाई तब्रेज शाम्सीले क्याच आउट पारे। श्रेयस ऐयर लाई पनि शाम्सीले एलबिडब्लु पारे। भेंकटेस ऐयरलाई एन्डीले फेलुक्वायोले स्टम्प आउट गर्दा भारत १७९/२ बाट २३९/६ क अवस्थामा पुग्यो। सातौँ विकेटको लागि शार्दुल ठाकुर र रभीचन्द्रन आश्विनले अविजित ४८ रनको साझेदारी गरे।

दक्षिण अफ्रीकाको बलिंगमा तब्रेज शाम्सी ( ९-०-५७-२ ) ले दुई विकेट लिंदा एडेन मारक्रम ( ८-०-३४-१ ), सिसांडा मागला ( ८-०-६४-१ ), केशव महाराज ( ९-०-५२-१ ) र एन्डीले फेलुक्वायोले ( ८-०-४४-१ ) समान एक विकेट लिए।

सिरिज अन्तर्गत तेश्रो खेल जनवरी २३ तारिखमा केपटाउनमा खेलिनेछ।

२०७८ माघ ७, शुक्रबार मा प्रकाशित