फेब्रुअरी १२ र १३ तारिखमा भारतको बैंगलोरमा हुने आईपीएल २०२२ को अक्सनमा विश्वभरबाट १,२१४ खेलाडीले नाम दर्ता गराएका छन्।
सन् २०१८ पछि पहिलो पटक आईपीएलको ठूलो अक्सन हुन लागेको हो। गत वर्ष सानो अक्सन आयोजना भएको थियो। दुई नयाँ टिम अहमदावाद र लखनउ पनि यो पटक अक्सनमा जोडिनेछन्। टिमहरुले हालसम्म ३३ जना खेलाडीलाई रिटेन र अनुबन्ध गरिसकेका छन् जसमा ३३८ करोड भारु खर्च गरिसकिएको छ।
दर्ता गराएका सबै खेलाडीलाई अक्सनमा भने सहभागी गराइने छैन। आईपीएल गभर्निंग काउन्सिलले छनोट गरेका खेलाडी तथा फ़्रेन्चाइजहरुले माग गरेका खेलाडीहरुलाई मात्र सहभागी गराइनेछ।
यो पटक अक्सनमा स्टार वेस्टइन्डिज ब्याट्सम्यान क्रिस गेल, बेन स्टोक्स, मिचेल स्टार्क, जो रुट, जोफ्रा आर्चर, स्याम करन, क्रिस वोक्स जस्ता खेलाडीहरुले नाम दर्ता गरेनन्।
अक्सनमा दर्ता गराएका मध्ये ४९ जना खेलाडीहरुले आफ्नो बेस प्राइस अधिकतम २ करोड भारतीय रुपैयाँ राखेका छन्। त्यस मध्ये १७ जना भारतीय तथा ३२ जना भारत बाहिरका खेलाडीहरु छन्।
सनराइजर्स हैदरावादका पूर्व कप्तान डेभिड वार्नर, अस्ट्रेलियाका टेस्ट कप्तान प्याट कमिन्सले बेस प्राइस दुई करोड भारु राखेका छन्। यस्तै रभीचन्द्रन आश्विन, श्रेयस ऐयर, शिखर धवन, इशान किशन, सुरेश रैना, मिचेल मार्श, एडम, जाम्पा, स्टिभ स्मिथ, शाकिब अल हसन,मार्क वुड, ट्रेन्ट बोल्ट, फाफ डु प्लेसी, क्विन्टन डीकक, कागीसो रबाडा, ड्वेन ब्राभोले अधिकतम २ करोड भारु बेस प्राइस राखेका छन्।
२ करोड भारु बेसप्राइस राखेका खेलाडीहरु ( भारतीय ) : रभीचन्द्रन आश्विन, युज्भेन्द्र चहल, दिपक चाहर, शिखर धवन, श्रेयस ऐयर, दिनेश कार्तिक, इशान किशन, भुवनेश्वर कुमार, देभदत्त पडीक्कल, क्रुनाल पान्ड्या, हर्षल पटेल, सुरेश रैना, अम्बाती रायडु, मोहम्मद शामी, शार्दुल ठाकुर, रोबिन उथप्पा, उमेश यादव
२ करोड भारु बेसप्राइस राखेका खेलाडीहरु ( विदेशी ) : मुजिब उर् रहमान, एस्टन एगर, नाथन कुल्टर नाइल, प्याट कमिन्स, जोश हेजलवुड, मिचेल मार्श, स्टिभ स्मिथ, म्याथु वेड, डेभिड वार्नर, एडम जाम्पा, शाकिब अल हसन, मुस्तफिजुर रहमान, स्याम बिलिंग्स, सकिब महमुद, क्रिस जोर्डन, क्रेग ओभरटन, आदील रशिद, जेसन रोय, जेम्स भिन्स, डेभिड विलि, मार्क वुड, ट्रेन्ट बोल्ट, लकी फर्गुसन, क्विन्टन डीकक, मर्चान्ट डी लांगे, फाफ डु प्लेसी, कागीसो रबाडा, इमरान ताहिर, फाबियन एलेन, ड्वेन ब्राभो, इभिन लुइस र ओडेन स्मिथ
१.५ करोड भारु बेसप्राइस रकेका खेलाडीहरु : अमित मिश्रा, इशान्त शर्मा, वासिंगटन सुन्दर, आरोन फिंच, क्रिस लिन, नाथन लायन, केन रिचर्डसन, जोनी बेयरस्टो, एलेक्स हेल्स, ओएन मोर्गन, डेविड मलान, एडम मिल्ने, कोलिन मुनरो, जिमी निशम, ग्लेन फिलिप्स, टिम साउदी, कोलिन इन्ग्राम, शिमरन हेटमायर, जेसन होल्डर, निकोलस पुरन
१ करोड भारु बेसप्राइस रकेका खेलाडीहरु : पियुष चावला, केदार जाधव, प्रसिद्ध कृष्णा, टी नटराजन, मनीष पांडे, अजिंक्य रहाणे, नितीश राणा, रिद्धिमान साहा, कुलदीप यादव, जयंत यादव, मोहम्मद नबी, जेम्स फल्कनर, मोइसेस हेनरिक्स, मार्नस लाबुसेन, राइली मेरेडिथ, जोश फिलिप, ड्यारसी सर्ट, एन्ड्रयु टाई, ड्यान लरेन्स, लियाम लिभिंगस्टोन, टायमल मिल्स, ओली पोप, डेभोन कनवे, कोलिन डी ग्रयाण्डहोम, मिचेल स्यान्टनर, एडेन मार्करम, राइली रोस्यो, तबरेज शम्सी, रसि भान डर डुसेन, वानिंदु हसरंगा, रोस्टन चेज़, शेरफेन रदरफोर्ड
नेपाली राष्ट्रिय टिमका कप्तान तथा २०१८ देखि २०२० सम्म दिल्ली क्यापिटल्सको प्रतिनिधित्व गरेका सन्दिप लामिछानेको बेस प्राइस भने खुलेको छैन। उनले गत सिजन ४० लाख भारु बेसप्राइस राख्दा बिक्रि भएका थिएनन्। नेपालबाट १५ जना खेलाडीले अक्सनमा नाम दर्ता गरेका छन्।