‘भुवनेश्वरको स्थानमा चाहर भारतको २०२३ विश्वकप टिममा हुनुपर्छ’ : गावस्कर

भारतीय पूर्व कप्तान सुनिल गावस्करले २०२३ एकदिवसीय विश्वकपमा सिनियर पेसर भुवनेश्वर कुमारको स्थानमा दिपक चाहरलाई स्थान दिनु पर्ने बताएका छन्। दक्षिण अफ्रीका भ्रमण अन्तर्गत जारि एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजमा भुवनेश्वर कुमारले पहिलो र दोश्रो खेलमा विकेटविहिन रहनुको साथै ६४ र ६७ रन खर्चेका छन्। गावस्करका अनुसार चाहर राम्रो स्विंग बलर हुनुको साथै तल्लो क्रममा भरपर्दो ब्याट्सम्यान पनि हुन्।

“मलाई लाग्छ कि अब दिपक चाहरको प्रदर्शन हेर्ने बेला आएको छ। उनि युवा छन् र राम्रो ब्याट्सम्यान हुन् जो तल्लो क्रममा ब्याटिंग पनि राम्रो गर्न सक्छन्।” गावस्करले बताए।

“भुवनेश्वर भारतीय क्रिकेटका शानदार बलर हुन् तर पछिल्लो एक वर्षमा उनको बलिंग लय ठीक छैन। उनि पहिले शानदार बलिंग गर्दथे जसमा योरकर र स्लो बल सामेल थियो तर उनि अब त्यो काम गरिरहेका छैनन्। बिपक्षी हरेक समय तपाईको बलरलाई तौलीरहेको हुन्छ जसले गर्दा उनलाई खेल्न सहज भैरहेको छ।”

भारतले गत वर्ष नोभेम्बरमा न्युजिल्यान्ड बिरुद्ध खेलेको तिन वटा टि-२० अन्तर्राष्ट्रिय सिरिजको सबै खेलमा चाहरले विकेट लिएका थिए। यस्तै उनले शिखर धवन नेतृत्वको टिमले श्रीलंका यात्रा गर्दा ब्याटिंगमा अविजित ६९ रन बनाएका थिए भने बलिंगमा २ विकेट समेत लिएका थिए।

गावस्करले आगामी वर्ष अक्टोबर/नोभेम्बरमा आयोजना हुने २०२३ विश्वकपको लागि टिम तयार गर्नु पर्ने बताए-

“भारतले २०२३ विश्वकपको लागि कोर टिम तयार गर्नुपर्छ। हामिसंग अझै १७-१८ महिना समय छ। वेस्टइन्डिज, श्रीलंका र पछि इंग्ल्यान्ड बिरुद्ध आगामी खेल हुँदैछन्। त्यहाँ अधिक खेल जित्नको लागि र विश्वकपको लागि राम्रो टिम तयार गर्नुपर्छ।” उनले बताए।

२०७८ माघ ८, शनिबार मा प्रकाशित