रिजवान बने ‘आईसीसी टि-२० प्लेयर अफ द इएर’ , यस्तो थियो प्रदर्शन

सन् २०२१ मा शानदार लयमा रहेका पाकिस्तानी ब्याट्सम्यान मोहम्मद रिजवान आईसीसीको ‘टि-२० अन्तर्राष्ट्रिय क्रिकेटर अफ द इएर’ घोषित भएका छन्।

दायाँ हाते विकेटकिपर ब्याट्सम्यानले छोटो फर्म्याटको खेलमा २९ खेलमा १,३२६ रन बनाए जुन क्रममा उनको औशत ७३.६६ तथा स्ट्राइक रेट १३४.८९ रह्यो। यस्तै उनले विकेटकिपरको रुपमा समेत महत्वपूर्ण भूमिका निभाए।

टि-२० विश्वकप सेमीफाइनलमा भारतलाई पराजित गर्न महत्वपूर्ण भूमिका निभाएका उनि उक्त प्रतियोगिताको तेश्रो सर्वाधिक रनकर्ता रहे। यो वर्ष रिजवानले दक्षिण अफ्रीका बिरुद्ध पहिलो टि-२० अन्तर्राष्ट्रिय शतक समेत बनाए।

भारत बिरुद्ध टि-२० विश्वकप सेमीफाइनलमा रिजवानले १५२ रनको लक्ष्य पछ्याउने क्रममा ५५ बलमा ६ चौका र ३ छक्का मद्दतले अविजित ७९ रन बनाउदै १० विकेटको जितमा अहम योगदान दिए।

२९ वर्षीय रिजवानले देशको लागि ५५ टि-२० मा ५१.२१ को औशतले १,६३९ रन बनाएका छन् जुन क्रममा १ शतक र १३ अर्धशतक प्रहार गरेका छन्। उनले २०१५ मा बंगलादेश बिरुद्ध टि-२० अन्तर्राष्ट्रिय डेब्यु गरेका थिए।

२०७८ माघ ९, आईतवार मा प्रकाशित