लम्बियो कोहलीको शतक प्रतीक्षा

सन् २०१९ पछि भारतीय ब्याट्सम्यान बिराट कोहलीको शतक प्रतीक्षा अझै लम्बिने भएको छ। सन् २०२० र २०२१ मा भारतीय स्टार ब्याट्सम्यान शतकविहिन थिए। अन्तिम पटक कोहलीले २०१९ नोभेम्बरमा बंगलादेश बिरुद्ध शतक ( १३६ ) बनाएका थिए।

भारतको दक्षिण अफ्रीका भ्रमण अन्तर्गत टेस्ट र एकदिवसीय सिरिजमा समेत कोहली शतक विहिन भएका छन्। भ्रमणको अन्तिम खेल अर्थात् तेश्रो एकदिवसीयमा कोहली ६५ रन बनाएर आउट भएपछि उनको फ्यानहरुलाई पुनः निराशा हात लागेको हो। ८४ बलमा ५ चौका प्रहार गरेका कोहली राम्रो लयमा देखिएता पनि उनलाई केशव महाराजले क्याच आउट पार्दै शतक प्रतीक्षा लम्ब्याए।

दक्षिण अफ्रीका भ्रमणमा कोहलीले दुई वटा टेस्टमा क्रमशः ३५ र १८ तथा ७९ र २९ रन बनाए। एकदिवसीय सिरिजको पहिलो खेलमा ५१ रन बनाएका उनि दोश्रो खेलमा खाता नखोली आउट भए।

कोहलीले अन्तर्राष्ट्रिय शतक प्रहार नगरेको कुल ६५ इनिंग्स भैसकेको छ भने उनको शतकको प्रतिक्षा फ्यानहरुले गरको २६ महिना भैसकेको छ। तिनवटै फर्म्याटको कप्तान नभएपछि कम दबाबमा कोहलीको ब्याटिंग सुधार हुने र शतक निस्कने विश्वास धेरैले गरेका छन्। रन बनिरहेता पनि उनको शतकको पर्खाइले भने समर्थकहरुलाई बेचैन बनाएको छ।

सन् २००८ मा एकदिवसीय अन्तर्राष्ट्रिय डेब्यु गरेका कोहलीले एकदिवसीय अन्तर्राष्ट्रियमा ४३ शतक, टेस्टमा ४३ शतक गरि कुल ७० शतक बनाएका छन्।

फेब्रुअरीमा भारतले घरेलु मैदानमा वेस्टइन्डिजसंग तिन वटा एकदिवसीय र त्यतिनै टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्नेछ जसमा कोहली फ्यानहरुको प्रतिक्षा समाप्त हुने छ या छैन समयलेनै बताउनेछ।

२०७८ माघ १०, सोमबार मा प्रकाशित