सनसनीपूर्ण दोश्रो खेलमा घरेलु टिम वेस्टइन्डिजलाई एक रनले पराजित गर्दै इंग्ल्यान्डले पाँच खेलको टि-२० अन्तर्राष्ट्रिय सिरिज १-१ को बराबरी गरेको छ।
केनिंगटन ओभल, बार्बेडोसमा इंग्ल्यान्डले दिएको १७२ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिजले २० ओभरमा ८ विकेट क्षेतीमा १७० रन बनाउन सक्यो।
९८ रनको स्कोरमा वेस्टइन्डिजले ८ विकेट गुमाएको थियो। दशौँ नम्बरमा ब्याटिंग गर्न आउदा वेस्टइन्डिजलाई जित्न २९ बलमा ७४ रन आवस्यक थियो। पहिलो ६ बलमा १० रन बनाएका होसेनले अठारौं ओभरमा क्रिस जोर्डन एउटा तथा रोमारियो शेफले दुई छक्का प्रहार गरे जुन ओभरमा २३ रन बन्यो। त्यसपछि उन्नाईसौं ओभरमा रिस टपलेले ८ रन मात्र खर्चिए।
जितको लागि अन्तिम ओभरमा ३० रन आवस्यक हुँदा सकिब मोहम्मदले गरेको अन्तिम ओभरमा अकेल होसेनले ओभरको दोश्रो, तेश्रो बलमा चौका तथा त्यसपछि चौंथो, पाँचौ र छैठौं बलमा छक्का प्रहार गरेता पनि जित दिलाउन असफल रहे। ओभरमा मोहम्मदले दुई वाइड सहित २८ रन खर्चिए।
Akeal Hosein smashed 26 runs against Saqib Mahmood in the 20th over 🔥👏#WIvENG #WIvsENGpic.twitter.com/cV1WSbojTa
— CRICKET VIDEOS 🏏 (@AbdullahNeaz) January 24, 2022
होसेनले करियरको उच्च स्कोर बनाउने क्रममा १६ बलमा ३ चौका र ४ छक्का मद्दतले अविजित ४४ रन बनाए। रोमारियो शेफर्डले पनि अविजित ४४ रन बनाए जुन क्रममा २८ बलमा १ चौका र ५ छक्का प्रहार गरे। निकोलस पुरनले २४ तथा डेरेन ब्राभोले २३ रन बनाए।
इंग्ल्यान्ड बलर मोइन अलिले सर्वाधिक ३ विकेट ( ४-०-२४-३ ), आदील रशिदले २ विकेट ( ४-१-२४-२ ) तथा रिस टपले ( ४-०-१८-१ ) र क्रिस जोर्डनले ( ३-०-३९-१ ) समान एक विकेट लिए।
टस हारेर ब्याटिंग गरेको इंग्ल्यान्डले २० ओभरमा ८ विकेट क्षेतीमा १७१ रन बनाएको थियो। उसको लागि ओपनर जेसन रोयले सर्वाधिक ४५ रन बनाए जुन क्रममा ३१ बलमा ६ चौका र २ छक्का प्रहार गरे। मोइन अलिले ३१, क्रिस जोर्डनले २७, टम ब्यान्टनले २५ रन बनाए। रोय र अलिले तेश्रो विकेटको लागि ६१ रनको साझेदारी गरे।
वेस्टइन्डिजको बलिंगमा जेसन होल्डर ( ४-०-२५-२ ) र फाबियन एलेनले ( ४-०-५०-२ ) समान दुई विकेट लिए। यसै शेल्डन कटरेल, अकेल होसेन, कईरन पोलार्ड र रोमारियो शेफर्डले समान एक विकेट लिए।
सिरिज अन्तर्गत पहिलो खेलमा वेस्टइन्डिज ९ विकेटले विजयी भएको थियो। सिरिजको तेश्रो खेल जनवरी २६ तारिखमा खेलिनेछ।