नेपाल पुग्यो मोरिसस फुटबल टिम

नेपालसँग दुई वटा मैत्रीपूर्ण फुटबल खेल्न अफ्रिकी टोली मोरिसस सोमबार काठमाडौँ आईपुगेको छ। मोरिसस टोलीलाई त्रिभुवन विमान स्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायत पदाधिकारीले स्वागत गरेका थिए ।

नेपाल र मोरिससबीच माघ १५ र १८ गते दशरथ रंगशालामा मैत्रीपूर्ण खेल हुँदैछ । मोरिसससँगको खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोली अहिले प्रशिक्षणमा ब्यस्त छ ।

प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले शहिद स्मारक ‘ए’ डिभिजन लिगमा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई समेत समावेश गरि ३५ जना खेलाडीलाई बन्द प्रशिक्षण गराइरहेका छन् ।

नेपाल र मोरिससबीचको दुवै खेललाई विश्व फुटबल महासंघ (फिफा) ले अन्तर्राष्ट्रिय ‘म्याच क्यालेन्डर’मा समावेश गर्ने समेत एन्फाले जनाएको छ । अफ्रिकी देश मोरिसस फिफा वरियतामा एक सय ७२औँ स्थानमा छ । नेपाल एक सय ६९औँ स्थानमा छ ।aa

( साभार – गोरखापत्र )

२०७८ माघ १०, सोमबार मा प्रकाशित