यु-१९ विश्वकपको खेल चल्दै गर्दा जब भूकम्प गयो

वेस्टइन्डिजमा जारि अन्डर-१९ विश्वकपको जिम्बाब्वे र आयरल्याण्ड बीच खेल हुँदै गर्दा भूकम्प गएको छ।

जिम्बाब्वे र आयरल्याण्ड बीच प्लेट-सेमीफाइनल खेल क्विन्स पार्क ओभल, ट्रिनिडाडमा शनिवार चल्दै थियो। आयरल्याण्डका स्पिनर म्याथु हम्पश्रेस इनिंग्सको छैठौं ओभरमा बलिंग गर्दै थिए जति बेला ब्रोडकाष्टरको क्यामरा हल्लिन सुरु गर्यो।

करिब २० सेकेन्ड क्यामरा हल्लिएको देखिएता पनि भूकम्प गएको खेलाडीहरुले पत्तोनै पाएनन् र खेलमा कुनै असर गरेन। तर खेलका कमेन्टेटरले भने भूकम्प चाल पाए। आईसीसी कमेन्टेटर एन्ड्रयु लियोनार्डले भूकम्प महसुस गर्दै गर्दा शान्त भएरै प्रतिक्रिया दिए –

“बक्स ( कमेन्ट्रि बक्स ) मा भूकम्प महसुस भएको छ। मैले जीवनमा यस्तो अनुभव गरेको थिईन। यस्तो महसुस हुँदैछ कि हाम्रो माथिबाट रेल हिंडीरहेको छ , त्यति मात्रै हैन क्विन्स पार्क ओभल मिडिया सेन्टरनै हल्लीएको छ।” लियोनार्डले बताए।

खेल पछि कमेन्टेटर लियोनार्डले ट्वीट गर्दै भूकम्प ५.१ रेक्टर स्केलको भएको र २० सेकेन्डसम्म हल्लाएको बताएका छन्।

खेलमा आयरल्याण्डले जिम्बाब्वेलाई ८ विकेटले पराजित गर्यो जुन क्रममा जिम्बाब्वेले दिएको १६७ रनको लक्ष्य आयरल्याण्डले २ विकेट क्षेतीमा ३२ ओभरमै भेटायो।

२०७८ माघ १६, आईतवार मा प्रकाशित