मरिसस बिरुद्ध पहिलो हाफमा नेपाललाई अग्रता, किरणले जोगाए पेनाल्टी

नेपाल र मरिससबीच दशरथ रंगशालामा जारि दोश्रो मैत्रीपूर्ण खेलको पहिलो हाफमा नेपालले १-० को अग्रता लिएको छ।

जारि खेलको दशौँ मिनेटमा सुजल श्रेष्ठको गोलमा नेपालले अग्रता पाएको हो। नबिन गुरुङले कर्नर प्रहार गरेको बललाई गोलकिपरले बाहिर फालेका थिए, उक्त बललाई आशिष लामाले डीबक्स भित्र प्रहार गरेको बललाई जसलाई बक्स भित्र रहेका सुजलले गोल गरेका हुन्।

सुजलको राष्ट्रिय टिमको लागि यो तेश्रो गोल हो। अन्तिम पटक उनले २०१६ मा मकाउ बिरुद्ध गोल गरेका थिए।

गोल लगत्तै तेह्रौं मिनेटमा मरिससले पाएको पेनाल्टीलाई किरण चेम्जोङले बचाउदै बराबरी हुनबाट जगाए। किरणले दायाँतर्फ डाइभ गर्दै मरिससको प्रयास विफल पारे।

पहिलो खेलमा नेपाल १-० ले विजयी भएको थियो। नेपालको लागि बिमल घर्ति मगरले उक्त गोल गरेका थिए।

२०७८ माघ १८, मंगलवार मा प्रकाशित