आईपीएल अक्सनमा जोफ्रा आर्चरको पुनरागमन

इंग्ल्यान्ड फास्ट बलर जोफ्रा आर्चरले इण्डियन प्रिमियर लिग ( आईपीएल ) आईपीएलको अक्सनमा नाम दर्ता गराएका छन्। लिगको अक्सन फेब्रुअरी १२ र १३ तारिखमा गरिनेछ।

बार्बेडोसमा जन्मिएका आर्चरले २ करोड भारु बेस प्राइस राखेका छन्। तथापी २६ वर्षीय घाइते बलर यो सिजन लिगमा सहभागिता जनाउने भने निश्चित छैन। इंग्ल्यान्ड एण्ड वेल्स क्रिकेट बोर्डले आर्चर २०२३ र २४ सिजनको लागि उपलब्ध हुने भने निस्चित गरेको छ। उनि २०२० आईपीएलको मस्ट भ्यालुएवल प्लेयर घोषित भएका थिए।

“इंग्ल्यान्ड क्रिकेट बोर्डले आर्चरलाई २०२३ र २०२४ मा उनको सहभागितालाई ध्यानमा राखेर दर्ता गरेका छ। उनको इन्जुरी अवस्था हेर्दा यो सिजन उनको सहभागिता सम्भावना कम छ।” भारतीय क्रिकेट बोर्डले फ़्रेन्चाइजहरुलाई जानकारी गराएको छ। बिसीसीआईले आफ्नै रिस्कमा आर्चरलाई टिममा समाबेश गर्न टिमहरुलाई बताएको हो।

आर्चर आफ्नो दाहिने कुइनोको अपरेसन गराएपछी लामो समय देखि मैदान बाहिर छन्। उनले अन्तिम पटक गत वर्ष मार्चमा इंग्ल्यान्डको लागि खेलेका थिए जसपछि अन्तर्राष्ट्रिय क्रिकेटमा पुनरागमन गर्न सकेका छैनन्।

आईपीएल अक्सनमा नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दिप लामिछाने सहित विश्वभरका ५९० जना खेलाडीले नाम दर्ता गराएका छन्।

२०७८ माघ १८, मंगलवार मा प्रकाशित