U19 World Cup : अफगानिस्तानलाई हराउदै इंग्ल्यान्ड फाइनलमा

अफगानिस्तानलाई १५ रनले पराजित गर्दै इंग्ल्यान्ड अन्डर-१९ विश्वकपको फाइनल प्रवेश गरेको छ।

वेस्टइन्डिजको एन्टीगुवा स्थित सर भिभिएन रिचर्ड्स स्टेडियममा गय राती सम्पन्न खेलमा इंग्ल्यान्डले दिएको २३२ रन लक्ष्य पछ्याएको अफगानिस्तानले निर्धारित ४७ ओभरमा ९ विकेट क्षेतीमा २१५ रन मात्र बनाउन सक्यो।

अफगानिस्तानको लागि अल्लाह नुरले सर्वाधिक ६०, मोहम्मद इशकले ४३, अब्दुल हादीले अविजित ३७, बलाल एहमदले ३३ तथा नुर एहमदले २५ रन बनाए। ९४ रनमा मात्र १ विकेट गुमाएको अवस्थाबाट लगातार विकेट गुमाएको अफगानिस्तान १०६/४ को अवस्थामा पुग्यो। त्यसपछि हादीले एक किनार सम्हाल्दै एहमदसंग पाँचौ विकेटको लागि ५० रनको तथा सातौं विकेटको लागि एहमदसंग ५० रनको साझेदारी गरेता पनि जित दलाउन सकेनन्।

इंग्ल्यान्डका लेग स्पिनर रेहान एहमदले चार विकेट ( ६-०-४१-४ ) , थोमस अस्पीनवालले दुई विकेट तथा जोशुवा बोडेन र टम प्रेस्टले समान एक विकेट लिए।

टस जितेर ब्याटिंग गरेको इंग्ल्यान्डले निर्धारित ४७ ओभरमा ६ विकेट क्षेतीमा २३१ रन बनाएको थियो। उसको लागि जर्ज बेलले सर्वाधिक अविजित ५६ तथा अलेक्स हर्टनले अविजित ५३ रन बनाए। जर्ज थोमसले ५० रन बनाए। १३६ रनमा ६ विकेट गुमेको अवस्थामा बेल र हर्टनले सातौं विकेटको लागि अविजित ९५ रनको साझेदारी गरे।

अफगानिस्तान बलर नभिन जद्रान र नुर एहमदले समान दुई विकेट तथा नंगेयालिया खारोते र इज्राउल्लाह नभिदले समान एक विकेट लिए।

प्रतियोगिताको दोश्रो सेमीफाइनलमा आज भारत र अस्ट्रेलिया प्रतिस्पर्धा गर्नेछन्। खेल नेपाली समय राति ६:४५ बजेया सुरु हुनेछ।

२०७८ माघ १९, बुधबार मा प्रकाशित