U19WC: अस्ट्रेलियालाई हराउदै भारत लगातार चौंथो पटक फाइनलमा, धुलको शतक

अस्ट्रेलियालाई ९६ रनले पराजित गर्दै भारत लगातार चौंथो पटक अन्डर-१९ विश्वकपको फाइनल प्रवेश गरेको छ। यस्तैसमग्रमा सातौं पटक भारत फाइनल पुअगेको हो। यस अघिनै इंग्ल्यान्ड अफगानिस्तानलाई पराजित गर्दै फाइनल पुगीसकेको छ। उपाधिको लागि भारत र इंग्ल्यान्ड फेब्रुअरी ५ तारिख शनिवार प्रतिस्पर्धा गर्नेछन्।

वेस्टइन्डिजको एन्टीगुवा स्थित कुलिज क्रिकेट मैदानमा गय राति सम्पन्न खेलमा भारतले दिएको २९१ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४१.५ ओभरमा १९४ रनमा सम्पूर्ण विकेट गुमायो।

अस्ट्रेलियाको लागि लचलन शले सर्वाधिक ५१, कोरे मिलरले ३८, क्याम्पवेल केलावेले ३० रन योगदान दिए। ७१ रनमा मात्र १ विकेट गुमाएको अवस्थाबाट अस्ट्रेलियाले लगातार विकेट गुमाउदा १२५/७ को अवस्थामा पुगेको थियो। त्यसपछि ज्याक सिन्फिल्ड र टम व्हाइटनिले २० र १९ रन बनाएता पनि जितको लागि पर्याप्त रहेन।

भारतको बलिंगमा देब्रे हाते विकि ओस्टवालले सर्वाधिक ३ विकेट, निशान्त सिन्धु र रभी कुमारले समान २ विकेट तथा कौशल ताम्बेले अंगकृष रघुवंशीले समान १ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको भारतले ५० ओभरमा ९ विकेट क्षेतीमा २९० रन बनाएको थियो। ३७ रनको स्कोरमा दुवै ओपनर आउट भएपछि तेश्रो विकेटको लागि कप्तान यश धुल र शैक रशिदले २०४ रनको साझेदारी गरे। धुलले ११० बलमा १० चौका र १ छक्का मद्दतले ११० रन बनाए भने रशिदले १०८ बलमा ८ चौका र १ छक्का मद्दतले ९४ रन बनाए। तल्लो क्रममा दिनेश बानाले मात्र ४ बलमा २ चौका र २ छक्का मद्दतले अविजित २० रन बनाए।

अस्ट्रेलियाका बलर ज्याक निस्बेट र विलियम साल्जमानले समान दुई विकेट लिए।

प्रतियोगिताको क्वार्टरफाइनलमा भारतले बंगलादेशलाई तथा अस्ट्रेलियाले पाकिस्तानलाई पराजित गरेको थियो।

२०७८ माघ २०, बिहीबार मा प्रकाशित