चटकपुर स्पोर्टस क्लब नेपाल र अत्तिरियाको होलिल्यान्ड स्कुलबीच ३ खेलको मैत्रीपूर्ण टी-२० सिरिज हुने

चटकपुर स्पोर्टस क्लब नेपालको आयोजनामा यहि माघ २५ गतेदेखि माघ २७ गतेसम्म धनगढीको फाप्ला क्रीकेट मैदानमा चटकपुर स्पोर्टस क्लब नेपाल र अत्तरियाको होलिल्यान्ड स्कुलबीचको ३ खेलको टी-२० सिरिज हुने भएको छ। यसबारे सिरिज संयोजक दिपक रावल ज्यूले बताउनुभएको हो।

सिरिज संयोजक दिपक रावलका अनुसार उक्त सिरिज धनगढीमा यहि फाल्गुन २ गतेदेखि सुरु हुने धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग-६ यू-१९ विद्यालयस्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगितामा सहभागी भइरहेको अत्तरियाको होलिल्यान्ड स्कुलको तयारीका लागि आयोजना गरिएको हो। उक्त सिरिजको खेलतालिका समेत सार्वजनिक भइसकेको छ ।

सिरिजको खेलतालिका सार्वजनिक भएपनि यस चटकपुर स्पोर्टस क्लव नेपालले आफ्नो टोलिको नाम भने भोलि बेलुकासम्म सार्वजनिक गर्ने कार्यक्रम रहेको क्लवका सचिव लोकेश जोशी ज्यूले बताउनुभयो।

यो पनि पढ्नुस :

एलपीएल-६ नयाँ मितिमा आयोजना हुने

२०७८ माघ २४, सोमबार मा प्रकाशित