चटकपुर स्पोर्टस क्लब नेपाल र अत्तरियाको होलिल्यान्ड स्कुलबीचको टि-ट्वान्टी सिरिजको लागि चटकपुर स्पोर्टस क्लबले राजु रिजालको कप्तानिमा १५ सदस्यीय टोलिको घोषणा घोषणा गरेको छ ।
चटकपुर स्पोर्टस क्लब नेपालको आयोजनामा धनगढीको फाप्ला क्रिकेट मैदानमा भोलिबाट चटकपुर स्पोर्टस क्लब नेपाल र अत्तरियाको होलिल्यान्ड स्कुलबीच ३ टि-ट्वान्टी खेलको शृंखला आयोजना हुँदैछ ।
राजु रिजालको कप्तानीमा चटकपुर स्पोर्टस क्लब नेपालले १५ सदस्यीय टोलिको घोषणा गरेको क्लबका सचिव लोकेश जोशीले जानकारी गराएका हुन् । टिमको व्यवस्थापनको रुपमा दिपक रावल रहेका छन् ।
चटकपुर स्पोर्टस क्लबको टोलि : राजु रिजाल (कप्तान,विकेटकिपर),आयुव चन्द,सुवास ऐर,राजन सिंह,खगेन्द्र जोशी,योगेश भाट,भोजराज भट्ट,धर्मराज जोशी,गोविन्द बिष्ट,क्रीश ऐर,सन्दिप बिष्ट,युवराज सिंह साउँद,सुदांशु रावल, विजय गुप्ता र डबल ऐर
धनगढीमा यहि फाल्गुन २ गतेदेखि सुरु हुने धनगढी मेयर लिटिल फ्लावर प्रीमियर लिग-६ यू-१९ विद्यालयस्तरीय राष्ट्रिय क्रीकेट प्रतियोगितामा सहभागी भइरहेको अत्तरियाको होलिल्यान्ड स्कुलको तयारीका लागि यो सिरिज आयोजना गरिएको हो । उक्त सिरिजको खेलतालिका समेत सार्वजनिक भइसकेको छ ।