वेस्टइन्डिजको भारत भ्रमण अन्तर्गत तिन खेलको एकदिवसीय अन्तर्राष्ट्रिय अन्तर्गत दोश्रो खेल नरेन्द्र मोदी स्टेडियम अहमदावादमा जारि छ।
खेलमा टस हारेर ब्याटिंग गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेट क्षेतीमा २३७ रन बनाउदै वेस्टइन्डिजलाई २३८ रनको लक्ष्य प्रस्तुत गरेको छ।
भारतको लागि सुर्यकुमार यादवले सर्वाधिक ६४ रन योगदान दिए। यस्तै केएल राहुलले ४९ रन, दिपक हुडाले २९, वासिंगटन सुन्दरले २४ तथा रिशभ पन्त र बिराट कोहलीले समान १८ रन योगदान दिए।
रोहित शर्मा, रिशभ पन्त र बिराट कोहली छिट्टै आउट हुँदा भारत ४३/३ को खराब अवस्थामा थियो। चौंथो विकेटको लागि केएल राहुल र सुर्यकुमार यादवले ९१ रनको साझेदारी गरे। राहुल ३० औं ओभरमा रन आउट भए भने सुर्यकुमार ३९ औं ओभरमा फाबीयन एलेनबाट क्याच आउट भए। त्यसपछि कुनै भारतीय ब्याट्सम्यानले ठूलो स्कोर बनाउन सकेनन्। अन्तिम ५ ओभरमा भारतले ३ विकेट गुमाउदा ३२ रन बनायो।
वेस्टइन्डिजका बलर अल्जारी जोसेफ ( ९-०-२९-२ ) र ओडेन स्मिथ ( ७-०-२९-२ ) समान दुई विकेट तथा केमार रोच ( ८-०-४२-१ ) , जेसन होल्डर ( ९-२-३७-१ ) , अकेल होसेन ( ६-०-३९-१ ) र फाबीयन एलेन ( १०-०-५०-१ ) ले समान एक विकेट लिए।
सिरिज अन्तर्गत पहिलो एकदिवसीयमा भारत ६ विकेटले विजयी भएको थियो।