२२ फोटोमा हेर्नुस ओमानमा नेपाली क्रिकेट टिमको अभ्यास

फेब्रुअरी १७ तारिख देखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिता खेल्न मंगलबार ओमान पुगेको नेपाली क्रिकेट टिमले बिहिबार पहिलो दिन अभ्यास गरेको छ।

ग्लोबल छनोट अघि नेपालले शुक्रबार देखि आयोजक ओमान, आयरल्याण्ड र युएई सम्मिलित चार देशीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ। नेपालले उक्त सिरिज अन्तर्गत पहिलो खेल ओमानसंग शुक्रबार बेलुका ३:४५ बजे खेल्ने तालिका छ। खेल अघि नेपालले अल अमिरात क्रिकेट मैदानमा जमेर अभ्यास गरेको छ।

अभ्यासमा प्रशिक्षक पुबुदु दासानायेकेलाई पूर्व श्रीलंकन फास्ट बलर धम्मिका प्रशादले सघाइरहेका छन्। धम्मिका बलिंग कन्सल्टेन्ट प्रशिक्षकको भूमिकामा ओमान पुगेका हुन्।

फोटोहरुमा हेर्नुस नेपालको अभ्यास

२०७८ माघ २७, बिहीबार मा प्रकाशित