अविनाशको उत्कृस्ट बलिंग, ओमानको सामान्य योगफल

ओमाममा जारि चार देशीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पहिलो खेलमा नेपाल र आयोजक ओमान प्रतिस्पर्धा गरिरहेका छन्। सिरिजमा नेपाल र ओमान सहित युएई र टेस्ट राष्ट्र आयरल्याण्ड पनि सहभागी छ।

ओमानको अल अमिरात मैदानमा जारि खेलमा टस जितेर नेपालले ब्याटिंगको निम्तो दिएपछि ओमानले निर्धारित २० ओभरमा ६ विकेट क्षेतीमा १३५ रन बनाउदै नेपाललाई १३६ रनको लक्ष्य प्रस्तुत गरेको छ। ओमानको लागि कप्तान जिशान मक्सुदले सर्वाधिक ४३ रन बनाए तथा मोहम्मद नदीमले ३१ रन योगदान दिए।

नेपालको सुरुवात उत्कृस्ट रह्यो। पावरप्लेको ६ ओभर भित्र नेपालले कश्यप प्रजापति ( ११ ) , जतिन्दर सिंह ( १३ ) र आयान खान ( ११ ) को विकेट लियो। पहिलो ६ ओभरमा ओमानले ४३ रन बनाउदा ३ विकेट गुमायो जुन क्रममा अविनाश बोहरा, आरीफ शेख र कमल सिंह ऐरीले विकेट दिलाए। त्यसपछि दशौँ ओभरमा कप्तान सन्दिपले ११ रन बनाएका शोयब खानलाई पेभेलियन फर्काए। ५८/४ को अवस्थाबाट पाँचौ विकेटको लागि कप्तान मक्सुद र नदीमले ६१ रनको साझेदारी गरे। नदीमलाई अठारौं ओभरमा अविनाश बोहराले क्याच आउट गराए। मक्सुदले अन्तिमसम्म ब्याटिंग गरे।

नेपालको बलिंगमा अविनाश बोहराले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा २६ रन खर्चिए। कमल सिंह एरि ( ४-०-२५-१ ) , आरिफ शेख ( १-०-२-१ ) र सन्दिप लामिछानेले ( ३-०-१७-१ ) समान एक विकेट लिए। डेब्यु गरेका सगर ढकालले ३ ओभरमा ३६ रन खर्चेर विकेटविहिन रहे।

खेलमा नेपालले दुई युवा क्रिकेटर बिबेक यादव र सागर ढकाललाई डेब्यु गराएको छ। कुशल भुर्तेल, करन केसी, शाहब आलम, जितेन्द्र मुखिया र लोकेश बमलाई बाहिर राखिएको छ।

२०७८ माघ २८, शुक्रबार मा प्रकाशित