एसोसिएट क्रिकेटका महान खेलाडी मध्येका नेदरल्याण्डका पूर्व कप्तान पिटर बोरेनले ओमानसंग नेपालको जितमा उत्कृस्ट प्रदर्शन गरेका दिपेन्द्र ऐरीको तारिफ गरेका छन्।
सन् २०२० मा आईसीसीद्वारा दशककै उत्कृस्ट एसोसिएट क्रिकेटरको मनोनयनमा परेका बोरेन ऐरीको ब्याटिंगबाट प्रभावित बनेका हुन्। ऐरी ओमान बिरुद्ध नेपालको इतिहासकै पहिलो टि-ट्वान्टी अन्तर्राष्ट्रिय जितमा ५३ बलमा ८ चौका र १ छक्का मद्दतले अविजित ७३ रन बनाउदै प्लेयर अफ द म्याच चुनिए। यो स्कोर ऐरीको टि-२० अन्तर्राष्ट्रियमा व्यक्तिगत उच्च स्कोर हो।
खेल पछि प्रतिक्रिया दिने क्रममा ३८ वर्षीय बोरेनले दिपेन्द्र एसोसिएट क्रिकेट जगतकै उत्कृस्ट क्रिकेटर मध्येको एक रहेको प्रतिक्रिया दिएका छन्। उनले ट्वीटरमा लेखेका छन् – “यो देख्नु निकै गजबको थियो। जे काम दिपेन्द्रले गरे। एसोसिएट राष्ट्रको सर्वोत्कृष्ट खेलाडीहरु मध्येका एक बाट शानदार पारि”
That was great to watch.
Dipendra gets it done.
Great knock from one of the best players in associate cricket.— Peter Borren (@dutchiepdb) February 11, 2022
यस्तै खेलको क्रममा पनि बोरेनले ट्वीट गर्दै ऐरीको ब्याटिंग हेर्दा खुसि लागेको तर ओमान बलरले उनलाई फुल लेन्थमा र सिधा बलिंग नगरेकोमा भने आश्चर्य प्रकट गरेका छन्। उनले लेखेका छन् – “ऐरीलाई हेर्न मन पर्छ, तर मैले बुझ्न नसकेको उनीहरुले ( ओमान ) किन उनलाई माथि र सिधा बलिंग गरेनन्। उनलाई कट हान्न मन पर्छ र त्यहीं दिए।”
Love watching Airee, but can not understand why they dont bowl full and straight to him.
Loves a cut and they have fed it.— Peter Borren (@dutchiepdb) February 11, 2022
दिपेन्द्र ऐरीले इनिंग्सको क्रममा ओमान बलरले अफस्टम्प बाहिर फालेको बलमा कट प्रहार गर्दै चौका प्रहार गरेका थिए। दिपेन्द्रलाई त्यसको सट्टा माथि र स्टम्पमा बल फाल्नुपर्ने बोरेनको भनाइ थियो। खेलको क्रममा कमेन्टेटरले समेत ऐरीलाई कट प्रहार गर्न सहज भएको भन्दै स्टम्पमा र असाइडमा बल फालेर परिक्षण गर्नुपर्ने बताएका थिए।
ऐरीले बनाएको ७३ रन टि-२० अन्तर्राष्ट्रियमा चौंथो नम्बरमा ब्याटिंग गर्दै नेपाली ब्याट्सम्यानले बनाएको सर्वाधिक व्यक्तिगत स्कोर हो। लक्ष्य पछ्याउने क्रममा २२ रनमा २ विकेट गुमाएको अवस्थाबाट ऐरीले ज्ञानेन्द्र मल्लसंग ४० रनको, आरिफ शेखसंग ४५ को तथा शरद भेसावकरसंग ३० रनको साझेदारी गर्दै जितसम्म डोर्याएका थिए।
टि-२० अन्तर्राष्ट्रियमा ऐरीले प्रहार गरेको यो दोश्रो अर्धशतक हो। यस अघि ऐरीले नेदरल्याण्डसंग गत वर्ष ६० रन बनाएका थिए।