दिपेन्द्रलाई ‘वान म्यान आर्मी बताउदै’ सन्दिपले बताए पुरै ओभर बलिंग नगर्नुको कारण

चार देशीय सिरिज अन्तर्गत ओमानसंग पहिलो खेलमा ६ विकेटको जित दर्ता गर्दा उत्कृस्ट ब्याटिंग गरेका दिपेन्द्र ऐरीलाई कप्तान सन्दिप लामिछानेले ‘वान म्यान आर्मी’ भनेका छन्। खेल पछि प्रतिक्रिया दिने क्रममा सन्दिपले दिपेन्द्रको तारिफ गरेका हुन्। उनले ब्रोडकाष्टरसंग प्रत्यक्ष अन्तर्वार्ताको क्रममा खेलमा आफूले पुरै ४ ओभर बलिंग नगर्नुको कारण पनि खोलेका छन्।

उनले टस जितेपछि बलरहरुले आफ्नो जिम्मेवारी पुरा गरेको बताए – “पहिलो बल देखिनै सबैले राम्रो योगदान दिएका छन्। जसरि पावरप्ले गयो र पावरप्ले पछि स्पिनरहरुले राम्रो गरे। यो भन्दा राम्रो बलिंगको हिसाबले अरु हुन सक्दैन।” नेपालले पावरप्लेको ६ ओभरमा तिन ओमानी शिर्ष ब्याट्सम्यानको विकेट लिन सकेको थियो।

सन्दिपले खेलमा अविजित ७३ रन बनाएर प्लेयर अफ द म्याच चुनिएका दिपेन्द्र ऐरीको तारिफ गरे- “ब्याटिंगको पक्षबाट हेर्दा, पुरै ओभर ब्याटिंग गर्नु राम्रो उपाय थियो। जसरि दिपेन्द्रले एक किनारलाई सम्हालेर ब्याटिंग गरे र उनलाई अर्को किनारमा साथ दिईयो। खेलाडीहरु लयमा आएको देख्दा खुसि लागेको छ।”

“यदी तपाईसंग दिपेन्द्र जस्तो ब्याट्सम्यान छन् भने हामि ढुक्क थियौं। उनि हाम्रो लागि ‘वान म्यान आर्मी’ सावित भए। उनले बिगत केहि वर्ष देखि यो काम गर्दै आएका छन्। जब उनि ब्याटिंग गर्दै थिए हामिलाई विश्वास थियो र उनलाई यस्तो परिस्थितिमा ब्याटिंग गर्न मन पनि पर्छ।”

खेलमा सन्दिपले ३ ओभर मात्रै बलिंग गरे। देब्रे हाते स्पिनर सागर ढकाल महँगो सावित भएता पनि उनलाई सन्दिपले ३ ओभर बलिंग दिए। नेपालले खेलमा ७ जना बलर प्रयोग गर्यो जसको पछाडीको कारण उनले बताए –

“ठूलो प्रतियोगितामा अघि बढ्दा म सबैलाई मौका दिन चाहन्थे। ओमानको विकेट बुझ्न पनि सबैलाई टेस्ट गरिएको हो। मसंग अनुभव छ यहाँ कसरि बलिंग गर्ने त्यसैले मैले युवा खेलाडीलाई मौका दिएको हुँ।” डेब्यु गरेका सागरले ३ ओभरमा ३६ रन खर्चिए। पहिलो ओभरमा महँगो सावित भए पनि उनले सागरलाई दोहोर्याएर बलिंग दिएपछि धेरैले प्रश्नचिन्ह गरेका थिए। सन्दिपले ३ ओभर बलिंग गर्दा १७ रन खर्चेर १ विकेट लिए।

उनले प्रशिक्षक पुबुदु दासानायेके परिवारको सदस्य जस्तै भएको बतए “उनि हामिसंग हुनु र नेपाल फर्कनु ठूलो कुरा हो। जसरि वहाँले टिमलाई र प्रत्येक खेलाडीलाई सम्हाल्नु भएको छ। उनि हाम्रो लागि परिवारको सदस्य जस्तै हुन् जोसंग हामि रमाईरहेका छौँ। आशा गर्छौं हामीले पनि वहाँलाई केहि फिर्ता गर्न सक्नेछौँ।”

२०७८ माघ २९, शनिबार मा प्रकाशित