ओमानमा जारि चार देशीय टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत दोश्रो खेलमा नेपालले युएईसंग प्रतिस्पर्धा गर्दैछ। खेलमा नेपालले टस जितेर टस जितेर फिल्डिंग रोजेको छ।
नेपालले अन्तिम एघारमा तिन वटा परिवर्तन गरेक छ। युवा आक्रामक ब्याट्सम्यान लोकेश बमले आज डेब्यु गर्ने भएका छन्। बमलाई शरद भेसावकरले डेब्यु क्याप दिएका थिए। प्रदिप ऐरी बाहिर हुँदा लोकेशले ओपनिंग ब्याटिंग गर्ने सम्भावना छ।
यस्तै देब्रे हाते स्पिनर शाहब आलम र फास्ट बलर जितेन्द्र मुखियाले पनि आज मौका पाएका छन्। मुखिया २०१५ पछि पहिलो पटक नेपालको लागि खेल्नेछन्। आज प्रदिप ऐरी, अविनाश बोहरा र सागर ढकाललाई बेन्चमा राखिएको छ। ओमान बिरुद्ध प्रदिप र सागरको प्रदर्शन राम्रो हुन सकेको थिएन। दोश्रो खेलमा पनि अनफिट कुशल भुर्तेल, करन केसी र कुशल मल्ललाई बाहिर राखिएको छ।
नेपालको अन्तिम एघार : सन्दिप लामिछाने ( कप्तान ) , शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, आरिफ शेख, आसिफ शेख, जितेन्द्र मुखिया, शाहब आलम, कमल सिंह ऐरी, बिबेक यादव र लोकेश बम
युएईको अन्तिम एघार : मुहम्मद वासिम, चिराग सुरी, भृत्य अरभिंद, मुहम्मद उस्मान, रोहन मुस्तफा, काशिफ दाउद, एहमद राजा ( कप्तान ) , जहुर खान, जुनैद सिद्दिकी, बसिल हमिद र मोहम्मद बुता
खेल समय र प्रत्यक्ष : नेपाल र युएई बीचको खेल अल अमिरात क्रिकेट मैदानमा हुनेछ। खेल नेपाली समय ११:४५ बजे सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण नेपालमा हिमालय टिभीले गर्नेछ भने युट्युबमा OsrSports तथा दराज एप बाट समेत हेर्न सकिनेछ। यस्तै फेसबुकमा Sports Eye तथा युट्युबमा CricTracker च्यानलबाट ( नेपाल बाहिर ) तथा सशुल्क फ्यानकोड एपबाट ( नेपाल बाहिर ) समेत प्रत्यक्ष प्रशारण हेर्न सकिने छ।
हेड टु हेड : टि-ट्वान्टी अन्तर्राष्ट्रिय वरियतामा नेपाल १२ औं स्थानमा छ भने युएई १५ औं स्थानमा छ। दुई देश बीच हालसम्म तिन पटक टि-ट्वान्टी अन्तर्राष्ट्रियमा भेट भएको छ जसमा नेपाल दुई खेलमा तथा युएई एक खेलमा विजयी भएका छन्। नेपाल र युएईले पछिल्लो पटक टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा २०१९ जनवरी/फेब्रुअरीमा प्रतिस्पर्धा गरेका थिए। नेपालले युएई भ्रमणमा तिन वटा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेलेको थियो जसमा नेपाल २-१ ले विजयी भएको थियो। पहिलो खेलमा युएई २१ रनले विजयी भएको थियो जसपछि दोश्रो र तेश्रो खेल नेपालले क्रमशः ४ विकेट र १४ रनले जितेको थियो।