IPL Auction : महँगो मूल्यमा चेन्नाईले भित्र्यायो चाहर, कुन टिमले कसलाई किन्यो

इण्डियन प्रिमियर लिग ( आईपीएल ) को जारि अक्सनमा महेन्द्र सिंह धोनी कप्तानीको चेन्नाई सुपर किंग्सले फास्ट बलर दिपक चाहरलाई महँगो मूल्यमा टिममा भित्र्याएको छ।

चेन्नाईले चाहरलाई १४ करोड भारूमा भित्र्याएको हो। जारि अक्सनमा हालसम्म चाहर भन्दा बढी मुम्बई इन्डीएन्सले विकेटकिपर ब्याट्सम्यान इशान किशनलाई १५ करोड २५ लाख भारुमा भित्र्याएको छ। चाहरले आईपीएलमा ६३ खेल खेल्दा ५९ विकेट लिएका छन्। गत सिजन चेन्नाई फास्ट बलरले १५ खेलमा १४ विकेट लिएका थिए।

चेन्नाईले अक्सनमा अम्बाती रायडुलाई २ करोड भारुमा भित्र्याएको छ। यस्तै अनुभवी अलराउण्डर ड्वेन ब्राभोलाई ४ करोड ४० लाख भारुमा लिएक छ। यस्तै रोबिन उथप्पालाई २ करोड भारुमा भित्र्याएको छ।

कुन टिमले कुन खेलाडी कतिमा किन्यो

मुम्बई इन्डीएन्स : इशान किशन ( १५ करोड २५ लाख भारु ) ,

कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर ( १२ करोड २५ लाख भारु ) , नितिश राना ( ८ करोड भारु ) , प्याट कमिन्स ( ७ करोड २५ लाख भारु ) ,

लखनउ सुपर जायन्टस :
जेसन होल्डर ( ८ करोड ७५ लाख भारु ), क्विन्टन डीकक ( ६ करोड ७५ लाख भारु ) , क्रुनाल पान्ड्या ( ८ करोड २५ लाख भारु ) , दिपक हुडा ( ५ करोड ७५ लाख भारु ), मनिष पाण्डे ( ४ करोड ६० लाख भारु ) , मार्क वुड ( ७.५ करोड भारु )

पन्जाब किंग्स :
कागीसो रबाडा ( ९ करोड २५ लाख भारु ) ,शिखर धवन ( ८ करोड २५ लाख भारु ) ,जोनी बेयरस्टो ( ६ करोड ७५ लाख भारु ) , राहुल चाहर ( ५ करोड २५ लाख भारु )

राजस्थान रोयल्स : प्रसिध कृष्णा ( १० करोड भारु ), युजभेन्द्र चहल ( ६ करोड ५० लाख भारु ), शिमरन हेटमायर ( ८ करोड ५० लाख भारु ) , ट्रेन्ट बोल्ट ( ८ करोड भारु ) , देभदत्त पडीक्कल ( ७ करोड ७५ लाख भारु ) , रभीचन्द्रन आश्विन ( ५ करोड भारु ) ,

रोयल च्यालेन्जर्स बैंगलोर :
वानिन्दु हसरंगा ( १० करोड ७५ लाख भारु ) , हर्षल पटेल ( १० करोड ७५ लाख भारु ) फाफ डु प्लेसिस ( ७ करोड भारु ), दिनेश कार्तिक ( ५ करोड ५० लाख भारु ) , जोश हेजलवुड ( ७.७५ करोड भारु ) ,

सनराइजर्स हैदरावाद : निकोलस पुरन ( १० करोड ७५ लाख भारु ) , वासिंगटन सुन्दर ( ८ करोड ७५ लाख भारु ) , टि नटराजन ( ४ करोड भारु ) , भुवनेश्वर कुमार ( ४.२ करोड भारु )

चेन्नाई सुपर किंग्स : दिपक चाहर ( १४ करोड भारु ) अम्बाती रायडु ( ६ करोड ७५ लाख भारु ), रोबिन उथप्पा ( २ करोड भारु ) , ड्वेन ब्राभो ( ४ करोड ४० लाख भारु )

दिल्ली क्यापिटल्स :
शार्दुल ठाकुर ( १०.५ करोड भारु ) , डेभिड वार्नर ( ६ करोड २५ लाख भारु ), मिचेल मार्श ( ६ करोड ५० लाख भारु ) , कुलदिप यादव ( २ करोड भारु ) , मुस्तफिजुर रहमान ( २ करोड भारु )

गुजरात टाईटन्स : मोहम्मद शामी ( ६ करोड २५ लाख भारु ), जेसन रोय ( २ करोड भारु ) , लकी फर्गुसन ( १० करोड भारु )

२०७८ माघ २९, शनिबार मा प्रकाशित