IPL AUCTION : पहिलो दिन सम्पन्न, कुन टिममा को-को खेलाडी छन्, इशान सबैभन्दा महँगो

इन्डियन प्रिमियर लिग ( आईपीएल ) को भारतको बैंगलोरमा जारि मेगा अक्सनको पहिलो दिन सम्पन्न भएको छ। नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछानेको नाम अक्सनमा प्रस्तुत गरेपछि पहिलो दिन अक्सन सकिएको हो। दोश्रो दिन आइतबार अक्सन सम्पन्न हुनेछ।

अक्सनमा सहभागी १० टिमले कुल ७४ जना खेलाडी पहिलो दिन टिममा भित्र्याएका छन्। नेपाली लेग स्पिनर सन्दिप लामिछाने सहित कुल २३ जना खेलाडी भने बिक्रि भएनन्।

बिक्रि भएनन् ठूला नाम : आईपीएलका स्टार खेलाडी सुरेश रैना पहिलो दिन बिक्रि भएनन्। उनि संगै अस्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथ, बंगलादेश अलराउण्डर शाकिब अल हसन पनि बिकेनन्। यस्तै एडम जाम्पा, अमित मिश्रा, इमरान ताहिर, मुजिब उर् रहमान, आदील रशिद, उमेश यादव, म्याथु वेड तथा मोहम्मद नाबी पनि बिक्रि भएनन्। बिक्रि नभएका खेलाडीहरु दोश्रो दिन पनि बिक्न सक्नेछन्। फ़्रेन्चाइजको माग अनुसार दोश्रो दिन पुनः नबिकेका खेलाडीहरुको नाम अक्सनमा प्रस्तुत गरिनेछ।

महँगोमा बिकेका खेलाडीहरु : अक्सनको पहिलो दिन सबैभन्दा बढी मूल्य पाउने खेलाडी इशान किशान बने। उनलाई मुम्बई इन्डीएन्सले १५.२५ करोड भारू खर्चियो। यस्तै दिपक चाहरलाई चेन्नाईले १४ करोड भारुमा टिममा लियो। यस्तै कोलकाता नाइट राइडर्सले श्रेयस ऐयरलाई १२.२५ करोड भारु खर्चेर टिममा भित्र्यायो। वानिन्दु हसरंगा र हर्षल पटेललिई समान १०.७५ करोड भारुमा रोयल च्यालेन्जर्स बैंगलोरले किन्यो। निकोलस पुरनलाई सनराइजर्स हैदरावादले १०.७५ करोड खर्चियो। शार्दुल ठाकुरलाई दिल्लीले १०.७५ करोडमा, आभेस खानलाई लखनउले १० करोड भारुमा टिममा भित्र्यायो। कागीसो रबाडालाई पन्जाबले ९.२५ करोड भारु खर्चियो। जेसन होल्डरलाई लखनउले ८.७५ करोड खर्चियो। लखनौले क्रुनाल पान्ड्यालाई ८.२५ करोड तथा हैदरावादले वासिंगटन सुन्दरलाई ८.७५ करोडमा भित्र्यायो।

कुन टिमले कुन खेलाडी कतिमा किन्यो ?

मुम्बई इन्डीएन्स : इशान किशन ( १५ करोड २५ लाख भारु ) , डेवाल्ड ब्रेभिस ( ३ करोड भारु ) , मुरुगन आश्विन ( १.६ करोड भारु ) , बसिल थम्पी ( ३० लाख भारु ) ,

कोलकाता नाइट राइडर्स : श्रेयस ऐयर ( १२ करोड २५ लाख भारु ) , नितिश राना ( ८ करोड भारु ) , प्याट कमिन्स ( ७ करोड २५ लाख भारु ) , शिभम माभी ( ( ७ करोड २५ लाख भारु ) , शेल्डन ज्याकसन ( ६० लाख भारु )

लखनउ सुपर जायन्टस :
आभेस खान ( १० करोड भारु ), जेसन होल्डर ( ८ करोड ७५ लाख भारु ), क्विन्टन डीकक ( ६ करोड ७५ लाख भारु ) , क्रुनाल पान्ड्या ( ८ करोड २५ लाख भारु ) , दिपक हुडा ( ५ करोड ७५ लाख भारु ), मनिष पाण्डे ( ४ करोड ६० लाख भारु ) , मार्क वुड ( ७.५ करोड भारु ), अंकित राजपुत ( २० लाख भारु ) ,

पन्जाब किंग्स : कागीसो रबाडा ( ९ करोड २५ लाख भारु ) , शाहरुख खान ( ९ करोड भारु ), शिखर धवन ( ८ करोड २५ लाख भारु ) ,जोनी बेयरस्टो ( ६ करोड ७५ लाख भारु ) , राहुल चाहर ( ५ करोड २५ लाख भारु ), हरप्रित ब्रार ( ३.८ करोड भारु ) , प्रभसिमरन सिंह ( ६० लाख भारु ) , जितेश शर्मा ( २० लाख भारु ) , इशान पोरेल ( २५ लाख भारु ) ,

राजस्थान रोयल्स : प्रसिध कृष्णा ( १० करोड भारु ), युजभेन्द्र चहल ( ६ करोड ५० लाख भारु ), शिमरन हेटमायर ( ८ करोड ५० लाख भारु ) , ट्रेन्ट बोल्ट ( ८ करोड भारु ) , देभदत्त पडीक्कल ( ७ करोड ७५ लाख भारु ) , रभीचन्द्रन आश्विन ( ५ करोड भारु ) , रियान पराग ( ३.८ करोड भारु ) , केसी करीएप्पा ( २० लाख भारु )

रोयल च्यालेन्जर्स बैंगलोर :
वानिन्दु हसरंगा ( १० करोड ७५ लाख भारु ) , हर्षल पटेल ( १० करोड ७५ लाख भारु ) फाफ डु प्लेसिस ( ७ करोड भारु ), दिनेश कार्तिक ( ५ करोड ५० लाख भारु ) , जोश हेजलवुड ( ७.७५ करोड भारु ) , अनुज रावत ( ३.४ करोड भारु ) , शाहबाज एहमद ( २.४ करोड भारु ) , अक्ष दिप ( २० लाख भारु )

सनराइजर्स हैदरावाद : निकोलस पुरन ( १० करोड ७५ लाख भारु ) , वासिंगटन सुन्दर ( ८ करोड ७५ लाख भारु ) , राहुल त्रिपाठी ( ८.५ करोड भारु ), अबिशेख शर्मा ( ६.५ करोड भारु ) , टि नटराजन ( ४ करोड भारु ) , भुवनेश्वर कुमार ( ४.२ करोड भारु ), कार्तिक त्यागि ( ४ करोड भारु ) , श्रेयस गोपाल ( ७५ लाख भारु ) , प्रियम गर्ग ( २० लाख भारु ) , जगदीश सुचित ( २० लाख भारु )

चेन्नाई सुपर किंग्स :
दिपक चाहर ( १४ करोड भारु ) अम्बाती रायडु ( ६ करोड ७५ लाख भारु ), रोबिन उथप्पा ( २ करोड भारु ) , ड्वेन ब्राभो ( ४ करोड ४० लाख भारु ) , केएम आसिफ ( २० लाख भारु ) , तुषार देशपाण्डे ( २० लाख भारु ) ,

दिल्ली क्यापिटल्स :
शार्दुल ठाकुर ( १०.५ करोड भारु ) , डेभिड वार्नर ( ६ करोड २५ लाख भारु ), मिचेल मार्श ( ६ करोड ५० लाख भारु ) , कुलदिप यादव ( २ करोड भारु ) , मुस्तफिजुर रहमान ( २ करोड भारु ), कमलेश नगरकोटी ( १.१ करोड भारु ) , अश्विन हेब्बर ( २० लाख भारु ) , केएस भारत ( २ करोड भारु ) ,

गुजरात टाईटन्स : लकी फर्गुसन ( १० करोड भारु ), राहुल तेवतिया ( ९ करोड भारु ), मोहम्मद शामी ( ६ करोड २५ लाख भारु ), आर साई किशोर ( ३ करोड भारु ) जेसन रोय ( २ करोड भारु ) , अबिनभ मनोहर ( २.६ करोड भारु ) , सरफराज खान ( २० लाख भारु ) , नुर एहमद ( ३० लाख भारु )

कुन टिमसंग कति रकम बाँकी : चेन्नाई ( २० करोड ४५ लाख भारु ) , दिल्ली ( १६ करोड ५० लाख भारु ) , गुजरात ( १८ करोड ८५ लाख भारु ) , कोलकाता ( १२ करोड ६५ लाख भारु ) , लखनउ ( ६ करोड ९० लाख ) , मुम्बई ( २७ करोड ८५ लाख भारु ) , पन्जाब ( २८ करोड ६५ लाख भारु ) , राजस्थान ( १२ करोड १५ लाख भारु ) , बैंगलोर ( ९ करोड २५ लाख भारु ), हैदरावाद ( २० करोड १५ लाख भारु )

२०७८ माघ २९, शनिबार मा प्रकाशित