शनिवार दिउसो चारु शर्मालाई आईपीएलका अध्यक्ष बृजेश पटेलको अचानक फोन आयो। घरमा पाहुनाको आतिथ्य गरिरहेका चारु शर्माले टिभी खोलेका थिएनन्। “जुत्ता लगाउ र तुरुन्त यहाँ आउनु” अध्यक्ष पटेलले फोनमा भने “यहाँ इमर्जेन्सी छ” उनि घटना बारे थाहा समेत नपाई अक्सन भएको होटल पुगे।
“म होटल भन्दा नजिकै बस्ने गर्छु” आईपीएल अक्सनको पहिलो दिन समाप्ति पछि क्रिक्बजसंग कुराकानीमा शर्माले बताए। “जब म त्यहाँ पुगे मलाई ह्यु एडमेड्सको घटना बारे जानकारी गराइयो। इंग्ल्यान्डका अक्सनर ह्यु अक्सन गराउदै गर्दा पोस्चरल हाइपरटेन्सनका कारण ढल्न पुगेका थिए। बैंगलोरमै बसोबास गर्ने चारुले ह्युको ठाउँ लिउ पर्ने थियो।
“म त्यहाँ पुगेपछि १५ मिनेट छलफल भयो। मैले के-के भयो र के-के गर्न बाँकी छ सोधे। आईपीएल अफिसियलहरुले मलाई अझै समय चाहिन्छ भनेर सोधे जसलाई अस्विकार गर्दै अरु ढिला नगरी सुरु गर्छु भने।”
शर्माको लागि यो काम नयाँ थिएन। उनले अक्सन हेर्दै र गर्दै दुवै आएका थिए। चर्चित कमेन्टेटर, होस्ट तथा क्विजमास्टर समेत रहेका उनले यस अघि उनले बिभिन्न स्पोर्ट्स लिगहरुको तथा बैंगलोरको आर्ट ग्यालरीको अक्सन गराइसकेका थिए। “हो, धेरै सानो लिगहरु मैले आफै डिजाइन गरेको छु र संचालन समेत गरेको छु। कला फरक होला तर कुरा एकै हो।” उनले आईपीएल ठूलो प्ल्याटफर्म भएको बताए “आईपीएल निकै ठूलो र ग्लोबल छ। यसले धेरैको जीवन बनाउने गर्छ।”
गत वर्ष नेपालमा आयोजित एभरेस्ट प्रिमियर लिगमा कमेन्टेटरको रुपमा दोश्रो पटक नेपाल आएका चारु शर्माले नेपाली राष्ट्रिय टिमका कप्तान सन्दिप लामिछाने अनसोल्ड भएकोमा दुख व्यक्त गरे।- “जो त्यहाँ पुग्न सकेनन् उसको लागि दुखि महसुस हुन्छ। यही जीवन हो। मलाई छिमेकि नेपालका सन्दिप लामिछानेको लागि दुख महसुस भएको छ।” चारु सन् १९९८ को एसीसी ट्रफीमा पहिलो पटक कमेन्टेटरको रुपमा नेपाल आएका थिए।
बेस प्राइस ४० लाख भारु राखेका नेपाली स्पिनरको नाम पहिलो दिन अक्सनको अन्तिममा आउदा चारुले केहि बढी समय लिंदै ढिलो गरेका थिए। सन्दिपलाई लिउन् भन्ने उद्देश्य उनको रहेको टिभी स्क्रिनमा स्पस्ट देखिएको थियो भने सन्दिपलाई टिमहरुले चासो नदिंदा उनको मुहारमा निराशा थियो।
चारुले अक्सनर ह्युको स्वास्थ्य लाभको कामना गर्दै दोश्रो दिन अक्सनरको भूमिकामा रहने या नरहने स्पस्ट नभएको बताए -“उनि हस्पिटलमा थिए।म उनको स्वास्थ्य लाभको कामना गर्छु। मलाई जानकारी छैन ( दोश्रो दिन अक्सन गराउने बारे ) , उनीहरुले बोलाएको खण्डमा म जानेछु।”
( क्रिकबजबाट अनुवाद गरिएको )